यसवर्ष गोसाइँकुण्ड मेलामा दशहजार बढी भत्तजनले गरे स्नान
काठमाडौं । जनैपूर्णिमाको अवसरमा रसुवाको पबित्र तिर्थस्थल गोसाइँकुण्डमा लाग्ने मेला सम्पन्न भएको छ ।
नागपचमीदेखि सुरु भई साउन शुक्ल पुर्णीमा अर्थात जनैपूर्णिमाका दिनसम्म लाग्ने मेलामा करिब दश हजार भत्तजनहरुले गोसाईकुण्डमा स्नान गरी पूजाआराधना गर्दै मेला भरेको गोसाईकुण्ड क्षेत्र बिकास समितिले जनाएको छ ।
उच्च हिमाली क्षेत्र भएकाले मेलामा आउने भत्तजनहरुका लागि लेक लागेर पर्न सक्ने समस्यालाई गोसाँइकुण्ड गाँउपालिका, जनस्वास्थ्य कार्यालय, रसुवा अस्पताल, हिमालय उद्घार समाज, योङ कम्युनिष्ट लिग तथा अनेरास्वबियू क्रान्तिकारी, र लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ श्रीनाथगणले निशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गरेका थिए ।
मेलामा नेपाल प्रहरी शसस्त्र प्रहरी नेपाली सेनाको उद्धार टोली समेत तयार गरि परि चालन गरिएको थियो । पौराणिक कथन अनुसार परापुर्व कालमा देवता र दानव विच लडांई हुंदा समुन्द« मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरि विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आई गोसाईवावा भगवान शिव शंकरले आफ्नो हातमा भएको त्रिशुलले भितामा हिर्काउँदा भिताबाट गंगाजल अर्थात त्रिशुल धाराको उत्पति भई त्रिशुल धाराको पानीबाट गोसाईकुण्डको उत्पति भएको भन्ने किम्बदन्ती रहेको पाईन्छ ।
कुण्डमा स्नान गरि गोसाईवावा भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आफुले चित्ताएको सवै मनोकांक्षाहरु पुरा हुने जनविश्वासका साथ वर्षेनि हजारौं हजार भक्तजनहरु कुण्डमा स्नान गर्न आउने गर्दछन् ।
समुद्रि सतह देखि ४ हजार ३ सय ८० मिटरको उचाईमा रहेको गोसाईकुण्ड सन् २००७ सेप्टेम्वरमा रामसार सुचिमा समेत सुचिकृत छ । गोसाईकुण्ड गाउँपालिका–५ मा अवस्थित गोसाईकुण्डमा हरेक बर्ष गंगादशहरा र जनैपूर्णिमामा गरि २ पटक मेला लाग्ने गर्दछ ।
धार्मिकस्थल गोसाइँकुण्ड जानका लागि धुन्चे–गोसाइँकुण्ड, ठाडेपाटी–गोसाइँकुण्ड, यार्सा–गोसाइँकुण्ड र सागरकुण्ड–गोसाइँकुण्ड गरी चारवटा पदमार्ग सञ्चालनमा छन् । काठमाडौं–धुन्चे–गोसाइँकुण्ड पदमार्ग भने यात्रुहरु सबैभन्दा बढी चल्ती हुने बाटो हो ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











