कैलाली कारागार कैदी झडप प्रकरण छानबिन गर्न गृहमन्त्रालयले समिति गठन
काठमाडौं। साउन २२ गते कैलाली कारागारमा भएको घटनाको छानबिन गर्न गृहमन्त्रालयले समिति बनाएको गृहमन्त्री रमेश लेखकले जनाएका छन् ।
बुधवार कानून, न्याय तथा मानव अधिकार समितिको सिंहदरबारमा बसेको बैठकमा उनले यस विषयमा जानकारी दिएका हुन् । त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानबिन समिति बनाइएको बताए ।
छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि सो आधारमा दोषीमाथि कानूनी कारबाही गर्ने र समितिको प्रतिवेदनअनुसार अरु कार्यहरु गर्ने गरी समिति बनाइएको बताए ।
समितिले आफ्नो अवधिभित्र प्रतिवेदन दिने बताए । कैलाली कारागारमा भएको झडपमा एक कैदीबन्दीको मृत्यु भएको र ४८ जना घाइते भएको बताए । अस्पतालले रिफर गरेका तीन जनालाई काठमाडौं ल्याइ दुई जनाको ट्रमा सेन्टर र एक जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।
बाँकी चारजना सेती प्रादेशिक अस्पतालमा उपचारपछि डिस्चार्ज भएर सुरक्षा जोखिम नहुने कारागारमा पठाइएको बताए । बाँकी ४१ जना हाल सेती प्रादेशिक अस्पतालमा उपचाररत रहेका छन् । मृतक बन्दीको शव आवश्यक कानूनी प्रक्रिया पूरा गरी परिवारको जिम्मा दिइसकेको पनि बताए ।
कैलाली कारागारमा पुरुष ब्लक ए र ब्लक बी गरी दुई वटामा ६ सय ४३ जना पुरुष र महिला एउटा ब्लक सीमा ४७ जना महिला गरी ७ सय जना बन्दी रहेका छन् । साउन २२ गते राति दुई वटा ब्लक छुट्याउने पर्खाल तोडफोड गरी ब्लक भत्काएर कैदीबन्दीहरु ब्लक बीमा पुगेर त्यहाँका बन्दीहरुलाई कुटपिट गरेका थिए ।
Comments
अरु समाचार
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...












