सञ्जय गुरूङलाई क्रिकेट गतिविधि सञ्चालनमा क्यानकाे प्रतिबन्ध
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले लुम्बिनी प्रदेश क्रिकेट संघका पूर्व अध्यक्ष तथा सञ्जय गुरूङलाइ तत्कालका लागि कुनै पनि प्रकारका क्रिकेट गतिविधि सञ्चालन नगर्न निर्देशन दिएको छ।
लुम्बिनी प्रदेश क्रिकेट संघलाई पत्राचार गर्दै क्यानले संघका पूर्व अध्यक्ष सञ्जय गुरुङले क्यान र नेतृत्वविरुद्ध सार्वजनिक रुपमा नकारात्मक टिप्पणी गर्दै आएका कारण साउन १५ गते बसेको संघको केन्द्रीय कार्यसमितिको बैठकले गुरूङलाई क्रिकेटकाे एम्पायरिङ र अन्य कुनै पनि प्रकारकाे क्रिकटे गतिविधिमा राेक लगाउँने निर्णय गरेकाे हाे ।
क्यानका महाप्रबन्धक उत्सव ढुङ्गानाको हस्ताक्षरमा पठाइएको पत्रमा ‘लुम्बिनी प्रदेश क्रिकेट सङ्घका पूर्व अध्यक्ष सञ्जय गुरुङले नेपाल क्रिकेट संघविरुद्ध मुद्दा दायर गर्नुका साथै सङ्घका अध्यक्षविरुद्ध विभिन्न सञ्चार माध्यमहरूमा नकारात्मक टिका टिप्पणी एवं मिथ्या आरोप लगाएको सम्बन्धमा मिति २०८२|४|१५ गतेको नेपाल क्रिकेट सङ्घ केन्द्रीय कार्यसमितिको बैठकबाट अम्पायरिङ लगायत कुनै पनि क्रिकेट गतिविधिहरूमा संलग्न नगराउने निर्णय भएको’ उल्लेख छ।
|
पत्रको रुपन्देही जिल्ला क्रिकेट सङ्घ र नेपाल क्रिकेट अम्पायर्स तथा स्कोर सङ्घलाई बोधार्थ दिइएको छ
Comments
अरु समाचार
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...













