मेसी सन् २०२५ को डिसेम्बरमा चार दिने भ्रमणका लागि भारत आउने
काठमाडाैं । अर्जेन्टिनाका विश्वकप विजेता कप्तान तथा विश्व फुटबल जगतका सर्वकालिन महान खेलाडी लिओनल मेसी सन् २०२५ को अन्त्यमा भारत भ्रमणमा आउने भएका छन्।
मेसी भारत आउने भएपछि भारतका फुटबल प्रशंसकमा ठूलो उत्साह छाएको छ। मेसीले भारतको कोलकाता, अहमदाबाद, मुम्बई र नयाँ दिल्ली गरी चार शहरको भ्रमण गर्नेछन्। मेसीको भारत भ्रमणलाई ‘गोट (सर्वकालीन महान) टुर’ नाम दिइएको छ। भ्रमणका क्रममा मेसीले बालबालिकाहरूका लागि फुटबल कार्यशाला (मास्टरक्लास) सञ्चालन गर्नेछन्।
मेसीलाई भारत ल्याउने योजना सफल हुनुमा कार्यक्रमका आयोजक सतद्रु दत्ताको मुख्य भूमिका छ। दत्ताले यसअघि अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेज र ब्राजिलका महान खेलाडी रोनाल्डिन्होलाई कोलकाता ल्याइसकेका थिए। उनीहरू फर्कनुअघि दत्ताले दुवैलाई ‘मेसी र उनको टिमलाई भारत भ्रमणको अनुभवबारे राम्रो प्रतिक्रिया दिन’ अनुरोध गरेका थिए।
मेसी आगामी डिसेम्बर १२ मा कोलकता आउने बताइएको छ। भोलिपल्ट कोलकतामा उनको मुर्तिको अनावरण गरिने र सेभेन ए साइड मैत्रीपूर्ण खेल खेलिने बताइएको छ। खेलमा मेसीसँगै सौरभ गांगुली, जोन अब्राहम र भाइचुङ भुटिया जस्ता भारतीय हस्तीले पनि खेल्नेछन्।
त्यसपछि उनी अहमदाबाद जानेछन्। डिसेम्बर १४ मा मुम्बईको वानखेडे स्टेडियममा ‘गोट कन्सर्ट’ र ‘गोट कप’ आयोजना हुनेछ। जहाँ सचिन तेन्दुलकर, महेन्द्र सिंह धोनी र रोहित शर्मासँग एक विशेष कार्यक्रम गर्ने योजना छ। डिसेम्बर १५ मा उनले नयाँ दिल्लीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्ने कार्यक्रम छ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











