मेसी सन् २०२५ को डिसेम्बरमा चार दिने भ्रमणका लागि भारत आउने
काठमाडाैं । अर्जेन्टिनाका विश्वकप विजेता कप्तान तथा विश्व फुटबल जगतका सर्वकालिन महान खेलाडी लिओनल मेसी सन् २०२५ को अन्त्यमा भारत भ्रमणमा आउने भएका छन्।
मेसी भारत आउने भएपछि भारतका फुटबल प्रशंसकमा ठूलो उत्साह छाएको छ। मेसीले भारतको कोलकाता, अहमदाबाद, मुम्बई र नयाँ दिल्ली गरी चार शहरको भ्रमण गर्नेछन्। मेसीको भारत भ्रमणलाई ‘गोट (सर्वकालीन महान) टुर’ नाम दिइएको छ। भ्रमणका क्रममा मेसीले बालबालिकाहरूका लागि फुटबल कार्यशाला (मास्टरक्लास) सञ्चालन गर्नेछन्।
मेसीलाई भारत ल्याउने योजना सफल हुनुमा कार्यक्रमका आयोजक सतद्रु दत्ताको मुख्य भूमिका छ। दत्ताले यसअघि अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेज र ब्राजिलका महान खेलाडी रोनाल्डिन्होलाई कोलकाता ल्याइसकेका थिए। उनीहरू फर्कनुअघि दत्ताले दुवैलाई ‘मेसी र उनको टिमलाई भारत भ्रमणको अनुभवबारे राम्रो प्रतिक्रिया दिन’ अनुरोध गरेका थिए।
मेसी आगामी डिसेम्बर १२ मा कोलकता आउने बताइएको छ। भोलिपल्ट कोलकतामा उनको मुर्तिको अनावरण गरिने र सेभेन ए साइड मैत्रीपूर्ण खेल खेलिने बताइएको छ। खेलमा मेसीसँगै सौरभ गांगुली, जोन अब्राहम र भाइचुङ भुटिया जस्ता भारतीय हस्तीले पनि खेल्नेछन्।
त्यसपछि उनी अहमदाबाद जानेछन्। डिसेम्बर १४ मा मुम्बईको वानखेडे स्टेडियममा ‘गोट कन्सर्ट’ र ‘गोट कप’ आयोजना हुनेछ। जहाँ सचिन तेन्दुलकर, महेन्द्र सिंह धोनी र रोहित शर्मासँग एक विशेष कार्यक्रम गर्ने योजना छ। डिसेम्बर १५ मा उनले नयाँ दिल्लीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्ने कार्यक्रम छ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












