देशको आर्थिक समृद्धि साझा एजेण्डाः मूख्यसचिव अर्याल
काठमाडौँ। मूख्यसचिव एकनारायण अर्यालले देशको आर्थिक समृद्धि साझा एजेण्डा भएकाले यसप्रति गम्भीर हुन सबै सरोकारवालालाई आग्रह गर्नुभएको छ । नेपाल आर्थिक पत्रकार समाज ९सेजन० सँगको सहकार्यमा नेपाल उद्योग परिसङ्घ (सीएनआई) ले आइतबार काठमाडौँमा आयोजना गरेको ‘सार्वजनिक–निजी संवाद कार्यक्रम’ मा उहाँले विकास प्रक्रियामा देखिएका नीतिगत उल्झनलाई सहजीकरण गर्दै सरकार र निजी क्षेत्रको सहकार्यमा मुलुकको विकास र आर्थिक समृद्धिलाई तीव्रताका साथ अगाडि बढाइनुपर्नेमा जोड दिनुभयो ।
“आर्थिक विकासको ड्राइभर निजी क्षेत्र हो, सरकारले बाटो फुकाइदिने हो”, मूख्यसचिव अर्यालले भन्न्ुभयो, “नीतिगत सहजीकरणमा सरकार केन्द्रित छ । पुरानो ऐनलाई समयसापेक्ष संशोधन गर्नैपर्छ । देशको समृद्धिका लागि ‘प्रोसेस ओरेन्टेड’ लाई निर्मूल गर्ने हिसाबले अघि बढ्नुपर्छ ।”
उहाँले सार्वजनिक खरिद प्रक्रियाका कारण विकासे कार्यक्रमले प्रगति हासिल गर्न नसकेको उल्लेख गर्नुभयो । मूख्यसचिव अर्यालले निजी क्षेत्र स्वस्थ प्रतिस्पर्धी हुनुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभिन्न मन्त्रालयका सचिवलगायतले बजेटको प्रभावकारी कार्यान्वयन, नीतिगत समस्या समाधान, पूर्वाधार विकास, ऊजा, कृषि र पर्यटन क्षेत्रको विकासका लागि चालिनुपर्ने कदमबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।
सीएनआइका अध्यक्ष वीरेन्द्रराज पाण्डेले बजेट कार्यान्वयन प्रभावकारी बनाएर आर्थिक विकासलाई तीब्रता दिँदै स्वदेशी तथा विदेशी लगानी आकर्षण गरी दिगो विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सेजनका महासचिव विश्वास रेग्मीले बजेट कार्यान्वयन र प्राथमिकताका विषयबारे प्रस्तुतीकरण दिनुभएको थियो ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












