रुस-युक्रेन वार्ताका लागि जेलन्स्की र युरोपेली नेताहरु व्हाइट हाउसतर्फ
काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच आज वाशिङटनमा भेटवार्ता हुँदैछ । यसअघि व्हाइट हाउसमा दुबैबीच तिक्ततापूर्ण भेटपछि यसपटक जेलेन्स्की यूरोपेली सहयोगी नेताहरूसहित वाशिङटन पुगेका हुन् ।
नाटोका महासचिव मार्क रुट्टे र बेलायतका प्रधानमन्त्री सर कियर स्टार्मर पनि रसियासँगको युद्ध अन्त्य गर्ने छलफलका लागि जेलेन्स्कीसँग वाशिङटन जानेछन् ।
रसियासँगको युद्ध अन्त्यबारे अलास्कामा सम्पन्न ट्रम्प–पुटिन शिखरवार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले तत्काल युद्धविरामको माग छाडेर स्थायी शान्ति सम्झौताको पक्षमा उभिएका थिए।
आजको भेटका लागि फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोँ, इटलीकी प्रधानमन्त्री जियोर्जिया मेलोनी, जर्मनीका चान्सलर फ्रिड्रिख मर्ज, फिनल्यान्डका राष्ट्रपति अलेक्जान्डर स्टुब र यूरोपेली आयोगकी अध्यक्ष उर्सुला भन डेर लेयेन पनि वाशिङटन जाँदैछन् । तर उनीहरूमध्ये कति जना व्हाइट हाउस पुग्नेछन् भन्ने स्पष्ट पारिएको छैन ।
यति धेरै राष्ट्रप्रमुखहरू अटलान्टिक पार गरेर रुस-युक्रेन संकट समाधान गर्ने बैठकमा उपस्थित हुनु आधुनिक इतिहासमै अभूतपूर्व देखिन्छ, जसले यस घटनाको उच्च महत्त्वलाई देखाउँछ ।
कूटनीतिक स्रोतका अनुसार गत शुक्रबार भएको ट्रम्प–पुटिन भेटमा जेलेन्स्कीलाई सहभागी नगराइनुले ट्रम्पले जेलेन्स्कीलाई कुनै सम्झौतामा दबाब दिन सक्ने भन्दै यूरोपेली अधिकारीहरुले चिन्ता र चासो व्यक्त गरेका छन् ।
तर अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सीबीएससँग कुरा गर्दै जेलेन्स्कीलाई ट्रम्पले दबाब दिएर सम्झौतामा बाध्य पार्ने भन्ने अडकललाई “मिडियाको मूर्ख कथा” भनेका छन् ।
नाटो नेताहरू पनि फेब्रुअरीमा भएको झैँ जेलेन्स्कीको ट्रम्प र उपराष्ट्रपति जे.डी. भान्ससँगको भेट दुबै पक्षबीच विवादमा अन्त्य नहोस् भन्ने चाहन्छन् । त्यतिबेला ट्रम्पले जेलेन्स्कीलाई “तिमी त तेस्रो विश्वयुद्धसँग जुवा खेल्दैछौ” भनेर आरोप लगाएपछि दुबै देशबीचको सम्बन्ध चर्किएको थियो ।
यूरोपेली नेताहरूले त्यसयता सम्बन्ध सुधार्न पर्दापछाडि निकै मेहनत गरेका छन् । जेलेन्स्कीलाई पनि “डिल मेकिङ” शैलीमा कुरा गर्न सल्लाह दिइएको छ ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












