रुस-युक्रेन वार्ताका लागि जेलन्स्की र युरोपेली नेताहरु व्हाइट हाउसतर्फ
काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच आज वाशिङटनमा भेटवार्ता हुँदैछ । यसअघि व्हाइट हाउसमा दुबैबीच तिक्ततापूर्ण भेटपछि यसपटक जेलेन्स्की यूरोपेली सहयोगी नेताहरूसहित वाशिङटन पुगेका हुन् ।
नाटोका महासचिव मार्क रुट्टे र बेलायतका प्रधानमन्त्री सर कियर स्टार्मर पनि रसियासँगको युद्ध अन्त्य गर्ने छलफलका लागि जेलेन्स्कीसँग वाशिङटन जानेछन् ।
रसियासँगको युद्ध अन्त्यबारे अलास्कामा सम्पन्न ट्रम्प–पुटिन शिखरवार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले तत्काल युद्धविरामको माग छाडेर स्थायी शान्ति सम्झौताको पक्षमा उभिएका थिए।
आजको भेटका लागि फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोँ, इटलीकी प्रधानमन्त्री जियोर्जिया मेलोनी, जर्मनीका चान्सलर फ्रिड्रिख मर्ज, फिनल्यान्डका राष्ट्रपति अलेक्जान्डर स्टुब र यूरोपेली आयोगकी अध्यक्ष उर्सुला भन डेर लेयेन पनि वाशिङटन जाँदैछन् । तर उनीहरूमध्ये कति जना व्हाइट हाउस पुग्नेछन् भन्ने स्पष्ट पारिएको छैन ।
यति धेरै राष्ट्रप्रमुखहरू अटलान्टिक पार गरेर रुस-युक्रेन संकट समाधान गर्ने बैठकमा उपस्थित हुनु आधुनिक इतिहासमै अभूतपूर्व देखिन्छ, जसले यस घटनाको उच्च महत्त्वलाई देखाउँछ ।
कूटनीतिक स्रोतका अनुसार गत शुक्रबार भएको ट्रम्प–पुटिन भेटमा जेलेन्स्कीलाई सहभागी नगराइनुले ट्रम्पले जेलेन्स्कीलाई कुनै सम्झौतामा दबाब दिन सक्ने भन्दै यूरोपेली अधिकारीहरुले चिन्ता र चासो व्यक्त गरेका छन् ।
तर अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सीबीएससँग कुरा गर्दै जेलेन्स्कीलाई ट्रम्पले दबाब दिएर सम्झौतामा बाध्य पार्ने भन्ने अडकललाई “मिडियाको मूर्ख कथा” भनेका छन् ।
नाटो नेताहरू पनि फेब्रुअरीमा भएको झैँ जेलेन्स्कीको ट्रम्प र उपराष्ट्रपति जे.डी. भान्ससँगको भेट दुबै पक्षबीच विवादमा अन्त्य नहोस् भन्ने चाहन्छन् । त्यतिबेला ट्रम्पले जेलेन्स्कीलाई “तिमी त तेस्रो विश्वयुद्धसँग जुवा खेल्दैछौ” भनेर आरोप लगाएपछि दुबै देशबीचको सम्बन्ध चर्किएको थियो ।
यूरोपेली नेताहरूले त्यसयता सम्बन्ध सुधार्न पर्दापछाडि निकै मेहनत गरेका छन् । जेलेन्स्कीलाई पनि “डिल मेकिङ” शैलीमा कुरा गर्न सल्लाह दिइएको छ ।
Comments
अरु समाचार
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...
-
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई छैन: अन्तर्राष्ट्रिय समुद्री सङ्गठन
काठमाण्डौ - अमेरिका र इरान युद्धका कारण अवरुद्ध भएको स्ट्रेट अफ हर्मुजमा पानीजहाज रोक्ने कानुनी अधिकार कुनै पनि देशलाई नभएको...












