रविको शरीरमा भिटामिन डीको कमी, परामर्श दिन चिकित्सक नख्खु जाँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको शरीरमा भिटामिन–डी कमी भएको पाइएको छ ।
सोमबार उनको स्वास्थ्यमा समस्या देखिएपछि रगत जाँच गर्नका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको थियो । रगतको नमुना लिनका लागि ट्रमा सेन्टरबाट डा. जितेन्द्र यादव लगायतका स्वास्थ्यकर्मी गएका थिए।
अस्पताल स्रोतका अनुसार रगतमा रिर्पोटमा भिटामिन डी मात्रा कम देखिएको छ ।
‘उहाँमा अन्य केही यस्तो समस्या छैन । भिटामिन डीको कमी भएको देखियो’ स्रोतले भन्यो, ‘ खानपान नमिल्दा र घाममा नबसेका कारण भिटामिन कमी भएको हुनसक्छ ।’
आज उक्त रिर्पोट सहित रविलाई स्वास्थ्य परामर्श दिन चिकित्सक नख्खु कारागारमै जान लागेका छन् । चिकित्सकहरूका अनुसार, भिटामिन ‘डी’ को कमीले हड्डीको समस्या निम्त्याउँछ । भिटामिन ‘डी’को कमीले रोगसँग लड्ने क्षमता पनि कम गरिदिन्छ । यसको कमीले हातखुट्टा झम्झमाउने, थकाइ लाग्ने र कपाल झर्ने जस्ता समस्या देखिन सक्छन् ।
लामिछानेलाई तीन दिन अघिमात्रै भैरहवा कारागारबाट स्थानान्तरण गरेर नख्खु कारागार ल्याइएको थियो । उक्त दिन उनलाई करिब ४ सय कैदीबन्दी राखिएको ब्लकमा राखिएको थियो ।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












