राष्ट्र बैंकले परिमार्जन गर्यो ‘लङ फर्म अडिट रिपोर्ट’को ढाँचा
काठमाडाैं । नेपाल राष्ट्र बैंकले व्यावसायिक बैंकहरूका लागि जारी हुने ‘लङ फर्म अडिट रिपोर्ट’ सम्बन्धी निर्देशिकामा संशोधन गरेको छ। राष्ट्र बैंकले एकीकृत निर्देशन अद्यावधिक गर्दै बैंकहरूलाई नयाँ ढाँचामा लेखापरीक्षण प्रतिवेदन तयार पार्न परिपत्रमार्फत जानकारी गराएको हो।
संशोधित निर्देशिका अनुसार, अबदेखि बैंकहरूले विगतमा तयार पार्दै आएको रिपोर्टभन्दा फरक स्वरूपमा प्रतिवेदन पेश गर्नुपर्नेछ। यो नयाँ ढाँचा राष्ट्र बैंकले तय गरेको मापदण्डअनुसार तयार गर्नुपर्ने स्पष्ट उल्लेख गरिएको छ।
नयाँ प्रावधानअनुसार, लेखापरीक्षण प्रतिवेदनमा बैंकको सूचना प्रविधि (आईटी) तथा साइबर सुरक्षासम्बन्धी जोखिमबारे पनि राय समावेश गर्नुपर्नेछ। साथै, आन्तरिक नियन्त्रण प्रणालीका विविध पक्षहरू—जसमा कम्प्लायन्स फंक्शन, राष्ट्र बैंकको निरीक्षण प्रतिवेदन तथा डिजिटल बैंकिङको वर्तमान अवस्था—सम्बन्धी समिक्षात्मक राय पनि प्रतिवेदनमा उल्लेख गर्नु अनिवार्य हुनेछ।
Comments
अरु समाचार
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...











