ताजा समाचार

सुनको भाउ आज तोलामा १ हजार ६ सय रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा एकैदिन एक हजार छ सय रुपैयाँले घटेको छ ।

सुन आज तोलामा एक हजार छ सय रुपैयाँले घटेर तोलाको एक लाख ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ९५ हजार एक सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ ।

चाँदी आज ४५ रुपैयाँले घटेर तोलाको दुई हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार तीन सय रुपैयाँ रहेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org