स्टिल–एलुमिनियम आयातमा अमेरिकाको कडाइ, नयाँ वस्तुहरूमा उच्च शुल्क
काठमाडाैं । अमेरिकी वाणिज्य विभागले मंगलबार जानकारी दिएको अनुसार, एलुमिनियम वा स्टिल समावेश भएका थप ४०७ प्रकारका वस्तुहरूमा ५० प्रतिशत आयाशुल्क लागू गरिएको छ ।
नयाँ निर्णयअनुसार, स्टिल र एलुमिनियम आयातमा लाग्ने ‘सेक्सन २३२’ अन्तर्गतको कर विस्तार गरिएको छ, जसले मोबाइल, क्रेन, बुलडोजर, रेलको डब्बा, फर्निचर, कम्प्रेसर, पम्प लगायत सयौं उत्पादनहरू समेट्नेछ ।
निर्णय अपेक्षाकृत छिटो लागू भएकाले भन्सार एजेन्ट तथा आयातकर्ताहरू तयारी गर्न नपाई प्रभावित भएका छन् ।
अमेरिकी वाणिज्य विभागका उद्योग तथा सुरक्षा उपसचिव जेफ्री केसलरले भन्नुभयो, “आजको कदमले स्टिल र एलुमिनियममा लाग्ने शुल्कको कार्यक्षेत्रलाई विस्तार गर्दै सम्भावित दुरुपयोग रोक्ने तथा अमेरिकी उद्योगहरूलाई मजबुत बनाउने दिशामा टेवा पु¥याउनेछ ।”
सरकारले प्रभावित वस्तुहरूको विवरण भन्सार कोडमार्फत मात्रै उपलब्ध गराएको हुँदा सर्वसाधारणका लागि यकिनसँग बुझ्न केही कठिनाइ हुन सक्ने जनाइएको छ ।
त्यस्तै, जुलाई महिनाको अन्त्यमा राष्ट्रपति ट्रम्पले तामा (कपर) आधारित वस्तुहरूमा पनि ५० प्रतिशत आयाशुल्क लागु गर्ने घोषणा गर्नुभएको थियो, जुन अगस्ट १ देखि लागू भइसकेको छ ।
विशेषज्ञहरूका अनुसार, यस्ता क्षेत्र–विशेष शुल्कहरूले निर्माण, अटोमोबाइल तथा इलेक्ट्रोनिक्सजस्ता उद्योगहरूमा लागत वृद्धि गर्ने सम्भावना रहेको छ । सीएनएनको विश्लेषण अनुसार, शुल्क वृद्धिले आपूर्ति श्रृंखला नै प्रभावित पार्न सक्नेछ ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












