असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्न निर्देशन, यस्ताे छ जडान प्रकृया ।
काठमाडाैं । यातायात व्यवस्था विभागले असोज १ गतेदेखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्न निर्देशन दिइएको छ ।
विभागले एक सूचना निकालेर विभागले गाडी धनीलाई अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्न भनेको हो ।
प्रदेश सरकार मातहतका सबै यातायात व्यवस्था कार्यालयमा सवारी दर्ता, नामसारी र नवीकरण गर्दा सबै गाडी धनीले उच्च सेक्युरिटीको इम्बोस्ड नम्बर प्लेट जडान गर्नु/गराउन भनिएको छ ।
गएको साउन २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले आउँदो असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेको थियो ।
कसरी जडान गर्न सकिन्छ नयाँ इम्बाेस्ड नम्बर प्लेट ?
-
hsenp.dotm.gov कम गएर अनाइन फर्म भर्ने ।
-
ताेकीएकाे यातायात कार्यालयमा गएर ताेकीएअनुसारकाे दस्तुर बुझाउने ।
-
अनलाइन फर्म सँगै अन्य अावश्यक कागजातहरू सम्बन्धित यातायात कार्यायलमा बुझाउनु पर्छ ।
- फाेटाे सहितकाे अनलाइन फर्म । (सवारी धनी व्यक्ती भउमा मात्र । )
- छापसहितकाे अनलाइन फर्म ।( सवारीसाधन कार्यलयकाे वा कम्पनीकाे भएमा ।)
- सवारी साधन सरकारी नाममा भएमा कार्यालयकाे छाप सहितकाे पत्र ।
- राजस्व बुझाएकाे रसिद ।
- दुइपांग्रे रू. २५००
- तिनपांग्रे रू.२९००
- साना तथा मझाैला चारपांग्रे रू.३२००
- ठुला सवारी साधन भएमा रू.३६००
-
नागरिकताकाे प्रतिलिपि । (सवारी धनी व्यक्ती भएमा)
-
कम्पनी दर्ता भएकाे प्रमाण पत्र वा प्यान भ्याटकाे पत्र (सवारी साधन कम्पनीकाे नाममा भएमामात्र )
-
बैंकिङ्ग प्रकृयाबाट खरिद भएकाे सवारीकाे हकमा सम्बन्धित बैंककाे सहमती पत्र ।
-
सवारी धनी र सवारी दर्ता सम्बन्धि विवरणा भएकाे व्लु बुककाे प्रतिलिपि ।
-
चालु अार्थीक वर्षकाे सवारी कर चुक्ता भएकाे प्रमाणीत गर्ने कागजात ।
-
सवारी साधनकाे सक्कल दर्ता प्रमाणपत्रकाे कपी ।
4 सबै कागजपत्र तयारी गरी कार्यालयमा रूजु गराउाने बायाेमेट्रिककाे लागी एसएमएस मार्फत जानारी गराइनेछ ।
5. ताेकिएकाे समयमा बायाेमेट्रिककाे लागी साथै, सवारीमा नम्बर प्लेट जडानकाे लागी ताेकीएकाे यातायात कार्यालय जानुपर्नेछ ।
6. सबै प्रक्रिया पुरा भउपछी इम्बेस्ड नम्बर ब्लु बुकमा लेखाउँनु पर्छ ।
माथी उल्लेखित प्रकृया बाट इम्बाेस्ड नम्बर प्लेट जडान गर्न सकिन्छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












