ताजा समाचार

प्रशासकीय अदालतका नवनियुक्त अध्यक्ष डा. घिमिरेद्वारा पदभार ग्रहण

काठमाडौं। प्रशासकीय अदालतका नवनियुक्त अध्यक्ष डा. टेकबहादुर घिमिरेले पदभार ग्रहण गरेका छन् । डा.घिमिरेले बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत समक्ष सपथ लिएर सिंहदरबारस्थित प्रशासकीय अदालतमा पुगेर पदभार ग्रहण गरेका हुन्।

सरकारले डा. घिमिरेलाई ५ वर्षका लागि प्रशासकीय अदालतको अध्यक्षमा नियुक्त गरेको हो। सोमबार साँझ बालुवाटार बसेको मन्त्रिपरिषद्को बैठकले प्रशासकीय अदालतलाई पूर्णता दिएको थियो। डा. घिमिरेलाई प्रशासकीय अदालतको अध्यक्षमा नियुक्तिका लागि न्याय परिषद्ले परामर्श दिएको दुई सातापछि सरकारले उनलाई अध्यक्षमा नियुक्त गरेको हो। सदस्यमा कुरा नमिल्दा डा. घिमिरेको नियुक्ति ‘होल्ड’मा परेको थियो। मन्त्रिपरिषद्ले डा. घिमिरेले प्रशासकीय अदालतको अध्यक्षमा नियुक्त गरेपछि उनी सपथ खाएर जिम्मेवारी सम्हाल्न पुगेका हुन्।

उच्च अदालतको मुख्य न्यायाधीश सरह सेवासुविधा हुने प्रशासकीय अदालतको अध्यक्ष र उच्चको न्यायाधीश सरह सेवासुविधा हुने सदस्य पद आकर्षक मानिन्छ। सरूवा भएर बाहिर जानु नपर्ने र कामको चाप पनि खासै नहुने भएकाले प्रशासकीय अदालतमा अध्यक्ष र सदस्य बन्न निकै प्रतिस्पर्धा चल्ने गरेको छ। उक्त पदमा डा. घिमिरेले बाजी मार्न सफल भएका छन्।

त्यस्तै उक्त अदालतको दुई सदस्यमा आलोकचन्द्र श्रेष्ठ र नवलकिशोर यादव नियुक्त भएका छन्। उनीहरूको सपथ भइसकेको छैन। उनीहरुको भोलि बिहीबार सपथ हुने सम्भावना छ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org