नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गरेकाे आरोपमा रविकाे पार्टीका नेता पक्राउ !
काठमाडाैं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा रास्वपाका नेता हरिप्रसाद कँडेललाई चितवनबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
चितवनको कालिका नगरपालिका-५ पदमपुर घर भएका कँडेल रास्वपा बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक छन् । कँडेलले नेपाल र भारतका विभिन्न विश्वविद्यालयको नक्कली सर्टिफिकेट बनाइदिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले साउन ३० गते रुपन्देहीको बेलसिया बसपार्कबाट विभिन्न विश्वविद्यालयका सयौँ नक्कली ट्रान्सकिप्टसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको थियो । ती भारतीयमाथि अनुसन्धान हुँदा उनले कँडेलका लागि काम गर्दै आएको बयान दिएपछि यस्तो खुलासा भएको हो ।
आफ्नो नामको अघि डाक्टर लेख्दै आएका कँडेल पूर्व शिक्षक तथा प्राधानाध्यापकसमेत हुन् । उनलाइ यसअघि नक्कली सर्टिफिकेटकै विवाद सार्वजनिक भएपछि प्रधानाध्यापक हुन अयोग्य ठहर भएकाे पनि स्राेतले बताएकाे छ । पदमपुरको भिमोदय माविको प्रधानाध्यापक रहेको बेला अख्तियारमा उजुरी परेपछि उनी पदका लागि अयोग्य ठहर भएका थिए।
उनले पछिल्लो समय चितवनको लायन्स चोकमा ‘कलेज कोच नेपाल’ नामक शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्दै आएको बताइन्छ । खासगरी वैदेशिक रोजगारीको लागि युरोप जानेहरुको लागि उनले नक्कली प्रमाण पत्र बनाइदिने गरेको बताइएको छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











