रास्वपा बागमती प्रदेश प्रशिक्षक नक्कली प्रमाणपत्रकाे धन्दामा पक्राउ, पार्टीले गर्याे निलम्बन !
काठमाडौं । नेपाल र भारतका विभिन्न विश्वविद्यालयका नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा पक्राउ परेका रास्वपाका बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हरिप्रसाद कँडेललाई पार्टीले निलम्बन गरेको छ ।
चितवनको कालिका नगरपालिका–५ पदमपुर घर भएका कँडेललाई विभिन्न विश्वविद्यालयको नक्कली सर्टिफिकेट बनाइदिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सँगै प्रहरीले पक्राउ गरेको थियो ।
यस प्रमरणमा, प्रहरीले साउन ३० गते रुपन्देहीको बेलसिया बसपार्कबाट विभिन्न विश्वविद्यालयका सयौँ नक्कली ट्रान्सकिप्टसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको थियो । ती भारतीयमाथि अनुसन्धान हुँदा उनले कँडेलका लागि काम गर्दै आएको बयान दिएपछि यस्तो खुलासा भएको हो ।
आफ्नो नामको अघि डाक्टर लेख्दै आएका कँडेल पूर्व शिक्षक तथा प्राधानाध्यापकसमेत हुन् । उनलाइ यसअघि नक्कली सर्टिफिकेटकै विवाद सार्वजनिक भएपछि प्रधानाध्यापक हुन अयोग्य ठहर भएको पनि स्रोतले बताएको छ । पदमपुरको भिमोदय माविको प्रधानाध्यापक रहेको बेला अख्तियारमा उजुरी परेपछि उनी पदका लागि अयोग्य ठहर भएका थिए।
उनले पछिल्लो समय चितवनको लायन्स चोकमा ‘कलेज कोच नेपाल’ नामक शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्दै आएको बताइन्छ । खासगरी वैदेशिक रोजगारीको लागि युरोप जानेहरुको लागि उनले नक्कली प्रमाण पत्र बनाइदिने गरेको बताइएको छ ।
Comments
अरु समाचार
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
विशेष परिस्थिति सिर्जना भएपछि उम्मेदवारी फिर्ताः राजेन्द्र गाैतम
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गाैतमले उम्मेदवारी फिर्ता लिएका छन् । विशेष आग्रहपछि...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...
-
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय...












