लिपुलेक प्रकरणमा नेपालको कूटनीतिक कदम
काठमाडौं। भारत र चीनबीच गत मङ्गलवार लिपुलेक नाका हुँदै वैदेशिक व्यापार गर्ने समझदारी भएपछि नेपालले आपत्ति जनाउँदै दुवै मुलुकलाई छुट्टाछुट्टै कूटनीतिक नोट पठाएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार गत बिहीवार नै नेपालले नोट पठाइसकेको हो।
नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेल र सचिव लेखराज भट्टले पनि नेपालले भारत र चीन दुबैलाई आधिकारिक रूपमा नोट पठाइसकेको पुष्टि गर्नुभएको छ।
नेपालले पठाएको नोटमा भारतसँग स्थापित संयन्त्रमार्फत सीमा विवाद समाधान गर्न आग्रह गरिएको छ। तर भारतीय विज्ञहरूले भने भारतले यस विषयमा छलफल गर्ने सम्भावना न्यून देखाएका छन्। बीबीसीसँग कुरा गर्दै उनीहरूले १९५४ यता लिपुलेक हुँदै भारत–चीन व्यापार चलिआएको र चीनले यसलाई त्रिदेशीय मुद्दा नठान्ने भएकाले भारत यसलाई वार्ताको एजेन्डा मान्ने सम्भावना कम रहेको बताएका छन्।
जवाहरलाल नेहरू विश्वविद्यालयका प्राध्यापक तथा नेपाल मामिला विज्ञ एस. डी. मुनीले भारत नेपालसँग लिपुलेकबारे वार्ता गर्ने अवस्था नदेखिएको स्पष्ट पार्नुभएको छ। यसअघि नेपालको परराष्ट्र मन्त्रालयले लिपुलेक नेपालको अविभाज्य हिस्सा भएको दाबी गरेपछि भारतको विदेश मन्त्रालयले त्यसलाई अस्वीकार गरेको थियो। यस्तै, केही समयअघि भारतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रमणको निम्तो दिएको छ भने ओली यसै महिना चीन भ्रमणमा जान लाग्नुभएको छ।
तर ओलीकै नेतृत्वमा जारी ‘चुच्चे नक्सा’मा लिपुलेक, कालापानी र लिम्पियाधुरालाई नेपालको भूभागका रूपमा समेटिएको हुँदा दुबै मुलुकको भ्रमणमा उहाँलाई नैतिक चुनौती बढेको देखिएको छ। लिपुलेकबारे भारत–चीन समझदारीप्रति नेपालभित्र विरोध चर्किएको छ। संसद् बैठकदेखि सडकसम्म यसको प्रतिवाद भइरहेको छ। आजै संयुक्त विद्यार्थी सङ्गठनहरूले भारतीय दूतावास अगाडि प्रदर्शन गरेका छन्।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












