लिपुलेक प्रकरणमा नेपालको कूटनीतिक कदम
काठमाडौं। भारत र चीनबीच गत मङ्गलवार लिपुलेक नाका हुँदै वैदेशिक व्यापार गर्ने समझदारी भएपछि नेपालले आपत्ति जनाउँदै दुवै मुलुकलाई छुट्टाछुट्टै कूटनीतिक नोट पठाएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार गत बिहीवार नै नेपालले नोट पठाइसकेको हो।
नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेल र सचिव लेखराज भट्टले पनि नेपालले भारत र चीन दुबैलाई आधिकारिक रूपमा नोट पठाइसकेको पुष्टि गर्नुभएको छ।
नेपालले पठाएको नोटमा भारतसँग स्थापित संयन्त्रमार्फत सीमा विवाद समाधान गर्न आग्रह गरिएको छ। तर भारतीय विज्ञहरूले भने भारतले यस विषयमा छलफल गर्ने सम्भावना न्यून देखाएका छन्। बीबीसीसँग कुरा गर्दै उनीहरूले १९५४ यता लिपुलेक हुँदै भारत–चीन व्यापार चलिआएको र चीनले यसलाई त्रिदेशीय मुद्दा नठान्ने भएकाले भारत यसलाई वार्ताको एजेन्डा मान्ने सम्भावना कम रहेको बताएका छन्।
जवाहरलाल नेहरू विश्वविद्यालयका प्राध्यापक तथा नेपाल मामिला विज्ञ एस. डी. मुनीले भारत नेपालसँग लिपुलेकबारे वार्ता गर्ने अवस्था नदेखिएको स्पष्ट पार्नुभएको छ। यसअघि नेपालको परराष्ट्र मन्त्रालयले लिपुलेक नेपालको अविभाज्य हिस्सा भएको दाबी गरेपछि भारतको विदेश मन्त्रालयले त्यसलाई अस्वीकार गरेको थियो। यस्तै, केही समयअघि भारतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रमणको निम्तो दिएको छ भने ओली यसै महिना चीन भ्रमणमा जान लाग्नुभएको छ।
तर ओलीकै नेतृत्वमा जारी ‘चुच्चे नक्सा’मा लिपुलेक, कालापानी र लिम्पियाधुरालाई नेपालको भूभागका रूपमा समेटिएको हुँदा दुबै मुलुकको भ्रमणमा उहाँलाई नैतिक चुनौती बढेको देखिएको छ। लिपुलेकबारे भारत–चीन समझदारीप्रति नेपालभित्र विरोध चर्किएको छ। संसद् बैठकदेखि सडकसम्म यसको प्रतिवाद भइरहेको छ। आजै संयुक्त विद्यार्थी सङ्गठनहरूले भारतीय दूतावास अगाडि प्रदर्शन गरेका छन्।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...











