नेपालसँग हवाई सम्पर्क बढाउन भियतनाम सकारात्मक
काठमाडौं । नेपालसँग हवाई सम्पर्क बढाउन र पर्यटन प्रवर्द्धन गर्न भियतनाम सकारात्मक भएको नेपाली अधिकारीले बताएका छन् ।
भियतनामकी उपराष्ट्रपति भो थी आन्ह सुआन र नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादवबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तामा भियतनामका अधिकारीहरुले हवाई सम्पर्क बढाउन र पर्यटन प्रवर्द्धनका लागि सकारात्मक सन्देश दिएका हुन् ।
आइतबार बिहान काठमाडौंको होटल याक एण्ड यतिमा सम्पन्न भेटवार्तामा व्यापार, लगानी, जलविद्युत, पर्यटन र सांस्कृतिक सहकार्यका विषयमा छलफल भएको बैठकपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
परराष्ट्र मन्त्रालयका सहसचिव एवम् दक्षिणपूर्वी एशिया प्रशान्त महाशाखाका प्रमुख प्रकाश अधिकारीले वार्तामा नेपाल–भियतनाम सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यका समग्र विषयमा छलफल भएको जानकारी दिए । उनका अनुसार दुवै पक्षले मित्रता, सद्भावना र द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
भेटवार्तामा उच्च तहमा भ्रमण आदानप्रदान, सांस्कृतिक र धार्मिक सहकार्य, पर्यटन प्रवर्द्धनका लागि एयर कनेक्टिभिटी (हवाई सम्पर्क) बढाउनुका साथै व्यापार, लगानी र डिजिटल रूपान्तरणका क्षेत्रमा सहयोग बढाउने विषयमा छलफल भएको अधिकारीले जानकारी दिए ।
‘सांस्कृतिक, धार्मिक समानता र बुद्ध धर्म दुवै देशको सम्बन्धको सेतुको रुपमा रहेकाले धार्मिक, सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्नको लागि प्रचुर सम्भावना रहेको कुराबारे पनि छलफल भएको छ,’ अधिकारीले भने, ‘दुई देशबीच पयर्टन प्रवर्द्धन गर्नका लागि निकट भविष्यमा एयर कनेक्टिभिटी बढाउनका लागि आपसी छलफल गर्ने कुराकानी समेत भएको छ ।’
नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा भियतनामकी उपराष्ट्रपति भो थी आन्ह सुआन शनिवार काठमाडौं आएकी थिइन् । यो भियतनामबाट भएको नेपालको पहिलो उच्चस्तरीय भ्रमण हो ।
उपराष्ट्रपति सुआनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग र भोलि राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनी सोमबार स्वदेश फर्किने छिन् ।
Comments
अरु समाचार
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
कांग्रेस उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न, को-को भए विजयी ?
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार...
-
पूर्व प्रधानन्यायाधीशदेखि उच्च पदस्थ व्यक्ति जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोप, अख्तियारमा उजुरी
काठमाडौँ। “स्याउको कार्टुनमा करोडौँ रकम ओसार्ने चोलेन्द्र शमशेर जबरामाथि अनुसन्धान गर्ने हिम्मत देखाउने सरकारले सर्वोच्च अदालतबाटै ५ हजार रोपनी सरकारी...












