ताजा समाचार

बालेन सरकार विरूद्ध कवाड व्यावसायीहरूकाे प्रदर्शन

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफूहरूको रोजीरोटी खोसेको भन्दै कवाड व्यवसायीहरूले आज(सोमबार) काठमाडौंमा वृहत प्रदर्शन गरेका छन् ।

उनीहरूले काठमाडौं महानगर पालिकाका मेयर बालेन शाहले कवाड व्यावसायीहरु माथि गरेको गुण्डागर्दी विरुद्धको प्रर्दशन लेखिएको व्यानरसहित भृकुटीमण्डपदेखि कमलादीस्थित काठमाडौं प्लाजासम्म प्रदर्शन गरेका हुन् ।

महानगरपालिकाले कवाड संकलन र भण्डारणमा रोक लगाएको विरोधमा कवाड संकलक र व्यवसायीहरूले प्रदर्शन गरेकाे जनाएका छन्।

अहिले महानगरले आफ्नो क्षेत्रभित्र कवाड संकलन र भण्डारणमा कडाइ गर्दै आएको छ । यसले कवाड व्यावसायीहरुलाई समस्या परेको र रोजिरोटी नै गुमेको आरोप कवाड व्यावसायिहरुको रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org