साँगा–धुलिखेल सडककाे ५२ प्रतिशत काम सम्पन्न
काठमाडौं । वर्षाले केही समय रोकिएको साँगा–धुलिखेल सडक खण्डको निर्माण कार्य फेरि सुरु भएको छ ।
निर्माण कम्पनीले पुल बजार क्षेत्रबाट केही समयमै पिच गर्ने कार्य प्रारम्भ हुने जानकारी दिएको छ । बर्खा कम भएसँगै अहिले सडकको सम्म्याउने, ढलान बनाउने, र ग्राभेल बिछ्याउने काम तीव्र पारिएको छ ।
निर्माण कम्पनी लामा कन्स्ट्रक्सनका अनुसार, पहिलो चरणमा पुल बजारदेखि साँगासम्म केही किलोमिटरको दूरीमा पिच सुरु गरिनेछ र त्यसपछि क्रमशः अन्य क्षेत्रतर्फ अघि बढाइने निर्माण कम्पनीका व्यवस्थापक रवीन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
निर्माणाधीन सडक अन्तर्गत साँगा–धुलिखेल सडक खण्डमा हालसम्म ५२ प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनी लामा कन्स्ट्रक्सनका प्रा।लीका व्यवस्थापक रवीन्द्र श्रेष्ठले जानकारी दिए ।
कम्पनीका अनुसार, अहिले सो सडकको दायाँबायाँ टेवा पर्खाल लगाउने, नाली निर्माण गर्ने र ‘कलभर्ट’ निर्माण ९० प्रतिशत काम सम्पन्न भएको छ ।
भक्तपुर सूर्य विनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा विभाजन गरी विस्तारको काम २०७९ पुस २४ मा सुरु भएको थियो ।
३६ महिनामा सम्पन्न गर्ने गरी सडक विस्तारका लागि साँगा–धुलिखेल ८।५ किमी सडक खण्ड विस्तारका लागि ४ अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा लामा कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो ।
Comments
अरु समाचार
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...











