ताजा समाचार

साँगा–धुलिखेल सडककाे ५२ प्रतिशत काम सम्पन्न

काठमाडौं । वर्षाले केही समय रोकिएको साँगा–धुलिखेल सडक खण्डको निर्माण कार्य फेरि सुरु भएको छ ।

निर्माण कम्पनीले पुल बजार क्षेत्रबाट केही समयमै पिच गर्ने कार्य प्रारम्भ हुने जानकारी दिएको छ । बर्खा कम भएसँगै अहिले सडकको सम्म्याउने, ढलान बनाउने, र ग्राभेल बिछ्याउने काम तीव्र पारिएको छ ।

निर्माण कम्पनी लामा कन्स्ट्रक्सनका अनुसार, पहिलो चरणमा पुल बजारदेखि साँगासम्म केही किलोमिटरको दूरीमा पिच सुरु गरिनेछ र त्यसपछि क्रमशः अन्य क्षेत्रतर्फ अघि बढाइने निर्माण कम्पनीका व्यवस्थापक रवीन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

निर्माणाधीन सडक अन्तर्गत साँगा–धुलिखेल सडक खण्डमा हालसम्म ५२ प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनी लामा कन्स्ट्रक्सनका प्रा।लीका व्यवस्थापक रवीन्द्र श्रेष्ठले जानकारी दिए ।

कम्पनीका अनुसार, अहिले सो सडकको दायाँबायाँ टेवा पर्खाल लगाउने, नाली निर्माण गर्ने र ‘कलभर्ट’ निर्माण ९० प्रतिशत काम सम्पन्न भएको छ ।

भक्तपुर सूर्य विनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा विभाजन गरी विस्तारको काम २०७९ पुस २४ मा सुरु भएको थियो ।

३६ महिनामा सम्पन्न गर्ने गरी सडक विस्तारका लागि साँगा–धुलिखेल ८।५ किमी सडक खण्ड विस्तारका लागि ४ अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा लामा कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org