ताजा समाचार

राष्ट्रपति आज संखुवासभा जाँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज(विहिबार) संखुवासभा जिल्ला गएका छन् ।

कोशी प्रदेशको पहाडी जिल्ला संखुवासभाको मादी  नगरपालिकामा रहेको मादी माध्यमिक विद्यालयको ७५औं हीरक महोत्सवमा सहभागी हुन् त्यता गएका हुन् । पौडेलले आज सहोत्सवको उद्घाटन समारोहमा हिरक स्तम्भ र सरस्वतीको मूर्ति अनावरण गर्ने छन्।

राष्ट्रपति पौड्यल नेपाली सेनाको हेलिकोप्टर चढेर संखुवासभा गएका हुन् । मादी माध्यमिक विद्यालय संखुवासभा जिल्लाको मादी नगरपालिका ५  मा रहेको छ ।

त्यस्तै,राष्ट्रपति आउने भएपछि मादी नगरपालिकाले आज मादीमा सार्वजनिक बिदा पनि दिएको छ । नगरप्रमुख जीवन लिङथेपले बुधबार
जारी गरेको विज्ञप्तिमा नगर अन्तर्गतका सम्पूर्ण कार्यालय तथा शैक्षिक संस्था बन्द रहने उल्लेख गरिएको छ ।

मादी माध्यमिक विद्यलय संखुवासभा जिल्लाका उत्कृष्ट सामुदायीक विद्यालय मध्येमा पर्दै आएको छ । यस विद्यालयको स्थापन वि।सं २००८ सालमा भएको हो ।

राष्ट्रपतिको आजै अपरान्ह राजधानी फर्कने कार्यक्रम छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org