चिनियाँ सैन्य परेडमा ओली, किम र पुटिन सहित २६ राष्ट्र प्रमुख एकसाथ देखिँदै
काठमाडौं । जापानी आक्रमणविरुद्ध प्राप्त सफलताको ८०औँ वार्षिकोत्सवको अवसर पारेर चीनले पहिलो पटक परेडमार्फत् सैन्य शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ ।
भदौ १८ मा आयोजना हुन गइरहेको वार्षिकोत्सव समारोहमा चीनले पहिलो पटक विश्वका विभिन्न राष्ट्रका प्रमुखहरूको उपस्थितिमा आफ्नो सैन्य शक्तिलाई परेडमार्फत् देखाउने तयारी गरेको हो ।
बीबीसीकाअनुसार बेइजिङमा आयोजना हुने उक्त परेडमा चीनले आफ्ना नयाँ हतियारहरू देखाउने छ । जसमा सैयौँ विमान, ट्याङ्ग र एन्टी–ड्रोन सिस्टम रहने बताइएको छ ।
वार्षिकोत्सव समारोहमा प्रधनमन्त्री केपी शर्मा ओलीलाई पनि चीनले आमन्त्रण गरेको छ । साङ्घाई सहयोग संगठन ९एससीओ० शिखर सम्मेलन–२०२५ मा सहभाग हुन ओली चीन भ्रमणमा जाँदैछन् ।
प्रधानमन्त्री ओलीले आगामी भदौ १६ गतेदेखि तिआन्जिनमा आयोजना हुने एससीओ सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्री ओली जापानी आक्रमणविरुद्धको चिनियाँ जित र विश्वव्यापी फासीवादविरोधी युद्धको विजयको ८०औँ वार्षिकोत्सवमा पनि सहभागी हुने कार्यक्रम छ ।
उत्तर कोरियाली नेता किम जोङ उनले पनि सैन्य परेडमा भाग लिने भएका छन् । परेडमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसूद पेजेस्कियानसहित २६ जना नेताहरू पनि सहभागी हुनेछन् ।
सन् १९३०–४० को दशकमा जापानको शाही सरकारसँगको लामो युद्धमा लाखौँ चिनियाँ नागरिक मारिएका थिए ।
सन् १९३९ मा जर्मनीले पोल्याण्डमाथि र सन् १९४१ मा जापानले अमेरिकाको पर्ल हार्बरमा आक्रमण गरेपछि यो द्वन्द्व विश्वभर फैलिएको थियो । चीनको कम्युनिस्ट पार्टीले विगतका वर्षहरूमा युद्धकालीन प्रतिरोधको सम्झनामा शृङ्खलाबद्ध कार्यक्रमहरू आयोजना गर्दै आएको छ, जसले चीनलाई फेरि कहिल्यै घुँडा टेक्न नदिने वाचा गरेको छ ।
प्योङयाङको कोरियन सेन्ट्रल न्युज एजेन्सीले पनि किमलाई ‘कमरेड सी जिनपिङको निमन्त्रणामा’ अतिथि हुने घोषणा गरेको छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : ड्रिम्स मोबिलिटी
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक ड्रिम्स मोबिलिटी प्रालिले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै रहेको...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











