ऐन महरअघि रश्लिला छुटेको खुलासा, अरनिको पाँडे प्रकरणको हल्ला रोचक !
काठमाडाैं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई साइबर ब्यूरो हुँदै सरकारी वकिलको कार्यालय पुर्याइएपनि हाजिर जमानीमा एकैछिनमा छाडिएको र यस्तै प्रकृतिको राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य अरनिको पाँडेलाई थुनामा राखेको विषयमा राजनीतिक प्रतिशोधको हल्ला चलाइएको छ । तर, महर प्रकरणमै जोडिएकी रश्मिला धामी पनि हाजिर जमानीमा छुटेको पाइएको छ ।
एमाले नेता महर र उनकी पत्नी सनुजा श्रेष्ठलाई लिएर महर भोटाहिटीस्थित साइबर ब्युरोमा हाजिर भएका थिए । त्यसपछि प्रहरीले आवश्यक अनुसन्धान तथा जाँचबुझ पश्चात सरकारी वकिलको कार्यालयले हाजिर जमानीमा छाडेको थियो ।
महर र पाँडे प्रकरणमा मिडिया ट्रायल गर्न खोजिएको र समान प्रकृतिका मुद्दामा समान व्यवहार गरेको विषय पारदर्शी भएपनि यस्ता विषय उचाल्न खोज्दा न्याय निरुपणदेखि सरकारी कार्यसम्पादनमा समेत प्रभाव पर्नसक्ने एक अधिकारीले न्यूज नेपाललाई बताए ।
महर दम्पति र रश्मिला धामीबीच पहिलेदेखि नै सामाजिक सञ्जालमा आरोप-प्रत्यारोप चलिरहेको थियो । सोहि प्रकरणमा महरले पनि धामीविरुद्ध उजुरी दिएका थिए । यसैगरि धामीलाई पनि छाडिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका सहन्यायाधिवक्ता रामहरि काफ्लेले महर दम्पतीलाई छाड्ने निर्णय गरेका हुन् । तर, उनै काफ्लेले बिहीबार त्यस्तै प्रकृतिको कसुरमा संलग्न रास्वपा नेता अरनिको पाँडेलाई नछाडेपछि यो विषयमा अनेक चर्चा चलिरहेको छ ।
काफ्लेले पाँडेको मुद्दा शुक्रबार नै दर्ता गर्ने काम अघि बढेको र महर दम्पतिको हकमा रश्मिला धामीलाई जसरी नै व्यवहार गरिएको बताएका छन् । महरदम्पति भन्दा पहिले धामीले हाजिरी जमानीमा छुट्ने माैका पाइसकेकी थिइन् ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











