ताजा समाचार

प्रहरी महानिरीक्षकमा चन्द्रकुवेर खापुङलाई नियुक्त !

काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ ।

आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले १९ गतेदेखि लागू हुने गरी खापुङलाई नेपाल प्रहरीको ३२औं महानिरीक्षक बनाउने निर्णय गरेको हो ।

वर्तमान आईजीपी दीपक थापा यही भदौ १७ गते मध्यरातिबाट अनिवार्य अवकाशमा जाँदैछन् ।

खापुङ हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा प्रमुख छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org