देशभर वैशाखदेखि हालसम्म तीन हजार २८१ विपद्का घटना
काठमाडौँ। गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल तीन हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती घटनामा परेर दुई सय सात जनाको निधन भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्मा परेर २२ जना बेपत्ता भए भने सात सय ७४ जना घाइते भएका छन् । त्यसबाट पाँच हजार ९६३ परिवार प्रभावित भएका छन् ।
प्राधिकरणका अनुसार सो अवधिमा घटेका विपद्का घटनामा सबैभन्दा धेरै आगलागी भएको छ । कुल एक हजार १९७ आगलागीका घटना भएका छन् । आगलागीमा परेर १५ जनाको निधन हुँदा एक सय ६५ घाइते भएका छन् । बाढीका दुई सय ४३ घटना हुँदा २७ जनाको ज्यान गएको छभने २२ बेपत्ता र १० घाइते भएका छन् । बाढीमा परेर एक हजार ७७८ परिवार प्रभावित भएका छन् । सो अवधिमा तीन सय ६८ ठाउँमा पहिरो गएको छ । पहिरोमा परेर १८ जनाको निधन भएको छ भने २८ जना घाइते भएका छन् । पहिरोका कारण चार सय ८१ परिवार प्रभावित भएका छन् ।
यस्तै, दुई सय ६६ वटा भारी वर्षाका विवरण प्राधिकरणले उपलब्ध गराएको छ । भारी वर्षाका कारण छ जनाको ज्यान जाँदा १२ घाइते भएका छन् भने सात यस ११ परिवार प्रभावित भएका छन् । कुल दुई सय ५८ चट्याङका घटना हुँदा ३१ जनाको ज्यान गएको छ । त्यसमा परेर एक सय ९३ जना घाइते भएका छन् भने तीन सय १७ घरपरिवार प्रभावित भएका छन् ।
यसैगरी सर्पदंशका दुई सय ६८ घटना हुँदा ७२ जनाको ज्यान गएको छ । दुई सय दुई जना घाइते हुँदा दुई सय ७२ घरपरिवार प्रभावित भएका छन् । कुल एक सय ५८ वटा वन डढेलोको घटना हुँदा दुई जना घाइते र २७ परिवार प्रभावित भएका छन् । हुरीबतासका दुई सय ८० घटना हुँदा आठ जनाको निधन भएको छ भने ४१ जना घाइते भएका छन् । त्यसबाट पाँच सय ३६ घरपरिवार प्रभावित भएका छन् ।
प्राधिकरणका अनुसार जनावर आक्रमणको घटनामा १५ जनाको निधन भएको छ । लेक लाग्नुका ४९, भूकम्प पाँच, डुङ्गा पल्टेर दुई, असिना र माहामारीका एक–एक घटना घटेका छन् । प्राधिकरणले विपद्सँग जुध्नका लागि आवश्यक सतर्कता र सावधानी अपनाउन आग्रह गर्नुका साथै आवश्यक तयारीसमेत गरेको छ ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...











