जेन जी प्रदर्शनः काठमाडौंका मुख्य क्षेत्रमा कडा सुरक्षा व्यवस्था
काठमाडौं, भदौ २२ । आज आयोजना भएको जेन जी (Gen Z) प्रदर्शनलाई लक्षित गर्दै काठमाडौंका मुख्य स्थानहरूमा नेपाल प्रहरीले सुरक्षा सतर्कता कडा पारेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एसपी अपिलराज बोहराले शान्तिपूर्ण प्रदर्शनका लागि अहिले बल प्रयोगको आवश्यकता नदेखिएको बताएका छन्। तर, प्रदर्शन अराजक बन्दै निषेधित क्षेत्रमा प्रवेश गर्ने प्रयास भएमा, प्रहरीले पूर्वचेतावनी दिएर बल प्रयोग गर्नसक्ने स्पष्ट पारेका छन्।
“उहाँहरू जस्तो व्यवहार देखाउनुहुन्छ, हामी पनि त्यसअनुसार प्रस्तुत हुन्छौं,” बोहरा भन्छन्, “हामीसँग सबै किसिमको सुरक्षा तयारी छ। विभिन्न टोलीहरूलाई संवेदनशील क्षेत्रमा तयारी अवस्थामा राखिएको छ।” यसैबीच, प्रदर्शनको सम्भावित प्रभावलाई मध्यनजर गर्दै उपत्यका ट्राफिक प्रहरी महाशाखाले पनि ट्राफिक व्यवस्थापनमा कडाइ गरेको छ।
ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीले नयाँ बानेश्वरदेखि माइतीघर मार्गसम्मको क्षेत्रमा सडक प्रभावित हुन सक्ने जनाएका छन्। उनका अनुसार, बिहान ९ बजेदेखि १० बजेसम्मको अवस्थाको आधारमा बाटो डाइभर्सन गर्नुपर्ने वा नपर्नेबारे निर्णय लिइनेछ।
“शान्तिपूर्ण प्रदर्शन भनेका कारण सडक अवरोध हुने आशंका कम छ,” एसएसपी अधिकारीले बताए, “तर यदि स्थिति बदलियो भने आवश्यक ट्राफिक व्यवस्था तुरुन्त लागू गरिनेछ।” प्रदर्शन शान्तिपूर्ण हुने अपेक्षा गरिएको भए पनि सुरक्षा र ट्राफिक व्यवस्थापनमा राज्य संयन्त्र सतर्क देखिएको छ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











