ताजा समाचार

धमाधम आउन थाल्यो मन्त्रीहरूको राजिनामा !

काठमाडौं । सरकारका मन्त्रीहरूले धमाधम राजिनामा दिन थालेका छन् ।

सोमबार जेनजीको प्रदर्शनका क्रममा सरकारको दमनका कारण १९ युवाले ज्यान गुमाएपछि प्रधानमन्त्री सहित मन्त्रीहरूको राजिनामा माग भइरहेको छ ।
आज बिहानमात्रै कृषिमन्त्री रामनाथ अधिकारीले मन्त्री पदबाट राजिनामा दिएका थिए ।

त्यस्तै, नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नो पक्षका मन्त्रीहरूलाइ राजिनामा दिन तयार हुन निर्देशन दिसकेका छन् । भने कांग्रेस माहामन्त्री गगन थापाले सरकार छाड्न पहल गर्ने सामाजिक सञ्जाल फेसबुकबाट जानकारी दिएका छन् ।

यसअघि गृहमन्त्री रमेश लेखकले हिजाे नै राजिनामा दिएका थिए ।

चौतर्फि दबाव र विरोधका बिच सरकार नै खतरामा पर्न सक्ने आकलन गर्न थालिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org