कम्पनी राष्ट्रिय दायित्वबाट कहिल्यै विमुख हुँदैन: हिमालय एयरलाइन्स
काठमाडौं । हिमालय एयरलाइन्सले हाल सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममार्फत प्रसारित भइरहेका आफ्ना उडानसम्बन्धी समाचारहरूलाई असत्य र भ्रामक भन्दै खण्डन गरेको छ।
एयरलाइन्सले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा दुबई उडान नियमित तालिकाअनुसार नै भइरहेको स्पष्ट पार्दै अफवाहमा नपर्न सबैलाई आग्रह गरेको छ। ‘ुहाम्रो दुबई उडान नियमित तालिकाअनुसार सञ्चालन हुने उडान हो। प्रचारमा आएका हल्ला र अफवाहमा कुनै सत्यता छैन’, विज्ञप्तिमा भनिएको छ।
कम्पनीले आफू कहिल्यै पनि राष्ट्रिय दायित्वबाट विमुख नहुने पुनः दोहोर्याउँदै कोभिड–१९ को समयमा उद्धार उडानमार्फत दायित्व निर्वाह गरेको उदाहरण समेत प्रस्तुत गरेको छ। केही अनलाइन पोर्टलहरूले प्रधानमन्त्री स्वास्थ्य उपचारका नाममा दुबई उड्ने तयारी भएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कम्पनीले त्यसलाई कपोकल्पित र भ्रामक बताएको छ।
यस्ता अपुष्ट समाचारको भ्रममा नपर्न आग्रह गर्दै हिमालय एयरलाइन्सले यात्रु सेवामा सदैव जिम्मेवार र बफादार भएर लाग्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : ड्रिम्स मोबिलिटी
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक ड्रिम्स मोबिलिटी प्रालिले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै रहेको...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











