कम्पनी राष्ट्रिय दायित्वबाट कहिल्यै विमुख हुँदैन: हिमालय एयरलाइन्स
काठमाडौं । हिमालय एयरलाइन्सले हाल सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममार्फत प्रसारित भइरहेका आफ्ना उडानसम्बन्धी समाचारहरूलाई असत्य र भ्रामक भन्दै खण्डन गरेको छ।
एयरलाइन्सले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा दुबई उडान नियमित तालिकाअनुसार नै भइरहेको स्पष्ट पार्दै अफवाहमा नपर्न सबैलाई आग्रह गरेको छ। ‘ुहाम्रो दुबई उडान नियमित तालिकाअनुसार सञ्चालन हुने उडान हो। प्रचारमा आएका हल्ला र अफवाहमा कुनै सत्यता छैन’, विज्ञप्तिमा भनिएको छ।
कम्पनीले आफू कहिल्यै पनि राष्ट्रिय दायित्वबाट विमुख नहुने पुनः दोहोर्याउँदै कोभिड–१९ को समयमा उद्धार उडानमार्फत दायित्व निर्वाह गरेको उदाहरण समेत प्रस्तुत गरेको छ। केही अनलाइन पोर्टलहरूले प्रधानमन्त्री स्वास्थ्य उपचारका नाममा दुबई उड्ने तयारी भएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कम्पनीले त्यसलाई कपोकल्पित र भ्रामक बताएको छ।
यस्ता अपुष्ट समाचारको भ्रममा नपर्न आग्रह गर्दै हिमालय एयरलाइन्सले यात्रु सेवामा सदैव जिम्मेवार र बफादार भएर लाग्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
Comments
अरु समाचार
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...











