धादिङ कारागारमा सेनाले गोली चलायो, एक जनाको मृत्यु, सात घाइते
काठमाडौं । आगजनी गर्दै जिल्ला कारागार धादिङबाट कैदीबन्दी भाग्न थालेपछि नेपाली सेनाले गोली चलाएको छ ।
सेनाको गोली लागेर अन्दाजी ७५ वर्षीय एक पुरुषको मृत्यु भएको छ । दुई जनाको अवस्था गम्भीर र पाँचको अवस्था सामान्य रहेको धादिङ अस्पतालले जानकारी दिएको छ । जिल्ला कारागारबाट आन्दोलन गरी भाग्न खोज्ने कैदीहरूलाई नेपाली सेनाले रोक्नका लागि गोली प्रहार गरेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जेन–जी आन्दोलनको मौका छोपी बुधबार नख्खु कारागारबाट निस्किएका थिए । त्यसपछि देशभरका कारागारका कैदीबन्दीले ‘रविलाई छाडेको पुलिसले आफूहरूलाई पनि छाड्नुपर्ने’ भन्दै जेल तोड्ने प्रयास गरिरहेका छन् ।
धादिङ कारागारका कैदीबन्दीले पनि रविको रिहाइलाई उदाहरण दिँदै जेल तोड्न खोजेका थिए । एकाबिहानै जिल्ला कारागार धादिङ तनावग्रस्त बनेको थियो ।
कारागार परिसरभित्रै कैदीबन्दीले आगजनी गरेका थिए । कैदीबन्दी छुटाउने उद्देश्यले कारागार बाहिर पनि हुलहुज्जत भएको थियो । तर, परिसरबाहिर बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो । कारागारको छतमा पनि प्रहरी तत्कालै पुगेका थिए ।
मङ्गलबार रातीदेखि नै मुलुकको सुरक्षा कमाण्ड सम्हालेको नेपाली सेनाको ठूलो डफ्फा कारागार परिसरमा तैनाथ गरिएको थियो ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












