लोकतन्त्र समाप्त हुने संशय पैदा भयो : रास्वपा
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता शिशिर खनालले प्रदर्शनमा होमिएका जेनजी व्यवस्था परिवर्तनको पक्षमा नरहेको बताएका छन् ।
अगाडि बढ्ने सन्दर्भमा चार बुँदे प्रस्ताव अघि सार्दै नेता खनालले संविधानलाई जीवित राखेर नयाँ सरकारको गठन गर्नुपर्नेमा बताएका हुन् ।
यस्ता छन् खनालका प्रस्ताव
१) संविधानलाई जीवित राखेर नै नयाँ सरकारको गठन गरौं । श्रीलंका केही वर्ष अगाडि तत्कालीन शासकहरूलाई जनआन्दोलनले भाग्न बाध्य पार्दा पनि संविधानलाई नभत्काइ नयाँ सरकार बनाइएको थियो । चुनाव पछि नयाँ र सापेक्षिक रूपमा युवा को नेतृत्व स्थापित भयो ।
२) निषेध को राजनीतिको भ्रममा नपरौं–सबै पक्षसँग संवाद र सहकार्य मार्फत समाधान खोजौं । पद र ‘शक्ति’ क्षणिक हुन्छ, त्योभन्दा महत्त्वपूर्ण व्यक्तिगत, सामूहिक र राष्ट्रिय सुरक्षाको विषय छन्।
३) संविधानमा केही परिवर्तन आवश्यक छन् तर जन-निर्वाचित संविधान सभाले बनाएको संविधान-जनताको प्रतिनिधिहरूले नै गर्ने प्रक्रियाबाट मात्र गर्ने अडान राखौं । लोकतन्त्र ले त्यही भन्छ ।
४) आज पीडामा परेका सबैको पिडामा मलम लगाउन खोज्ने र सक्ने बाटोमा हामी जानु पर्छ। म, मेरो घर, मेरो परिवार, मेरो देश बस्न योग्य छैन, व्यवसाय गर्न योग्य छैन, राजनीति गर्न सुरक्षित छैन को Collective Trauma मा हामी छौ – जति नै बलियो देखिए पनि हिंसा बाट प्राप्त शक्ति लामो जाँदैन- सामूहिक Healing र ‘अहिंसाको’ बाटो नै हाम्रो बाटो हुनु पर्छ। आन्दोलन मा मारिएका वा घाइते भएका मात्र हैन – गाउँ गाउमा घर जलाइएका परिवार को संरक्षण को जिम्मा पनि हाम्रै हो। यो आवाज पनि हामी बनौं।
यी प्रस्ताव राख्नै नेता खनालले अगाडि लेखेका छन्, ‘मलाई लाग्छ प्रदर्शनमा होमिएको जेनजी व्यवस्था परिवर्तनको पक्षमा थिएन ।’
‘भ्रष्टाचाररहित शासन, जबाफदेहिता, बेटर सर्भिस डेलीभरी जेनजीको आकांक्षा थियो तर व्यवस्था परिवर्तन उसको माग थिएन’ उनले लेखेका छन् ।
यहीँनेर नेता खनालले लोकतन्त्र समाप्त हुने संशय पैदा भएको बताएका हुन् । उनले अगाडि लेखेका छन्, ‘पछिल्लो घटनाक्रमहरूले भने जबरजस्ती लोकतन्त्रका आधारभूत मान्यता र संवैधानिक सर्वोच्चताको मान्यतालाई कुल्चँदै लोकतन्त्र र विधिको शासन नै समाप्त हुने हो कि भन्ने संशय पैदा भएको छ ।’
नेता खनालका अनुसार नयाँ सरकार गठन कुन विधि, पद्धतिबाट गरिन्छ त्यसैबाट विधिको शासन रहन्छ कि रहँदैन भन्ने देखिन थाल्नेछ ।
यहाँनेर नेता खनालको प्रश्न छ, ‘आन्दोलनको राप तापमा आन्दोलनको नेतृत्व कर्ता समूह र एक व्यक्ति मात्र साँच्चै नै आजको राजनीतिको Power Center हुन कि ? ६७०० वडा, ७०० बढी पालिकामा, ७ प्रदेश सभा र सरकारमा रहेका नेपाली काँग्रेस, एमाले लगायतका जनप्रतिनिधिहरूको राजनैतिक वैधताकोको विषय के हो ?’
यसलाई नजरअन्दाज गर्न नहुने उनको आग्रह छ ।
उनी लेख्छन्, ‘यत्रो ठुलो शक्ति आजको दिनमा पनि राख्ने दलहरू पूर्णरुमपा नजरअन्दाज गरेर अगाडि बढ्दाका संभावित दुर्घटना के हुन ? यसको विश्लेषण हुुन जरुरी छ ।’
‘संगठित भएर त्यो शक्ति सडकमा उत्रियो, लुटपाट हुन थाल्यो भने कसले धानिदिन्छ ?’ नेता खनालको प्रश्न छ, ‘सुरक्षा निकाय को क्षमता अनुभव गरिसकिएको छ । नेपालका हरेक परिवर्तन पछि सधैँ नै सबै पक्षलाई Accomodate गरेर द्वन्द्व व्यवस्थापन गरेको देखिन्छ ।’
अहिले परिवर्तन खोजीमा रहेका जेनजीलाई एक पटक राजनैतिक इतिहासको सम्झन आग्रह उनले आग्रह गरेका छन् ।
‘अबको सरकारले चुनाव मात्र गरेर पुग्छ ? ठुलो क्षति भएको सार्वजनिक र निजी सम्पत्तिको पुन: निर्माण को नेतृत्व र स्रोत व्यवस्थापन पनि गर्नु पर्ने छ’ उनी भन्छन्, ‘लामो समयदेखि थलिएको अर्थतन्त्रमा फेरी ठूकको गहिरो चोट लागेको छ । घर र व्यवसाय जलाइएका व्वसायीहरुले कुन आँट, भरोसा मा फेरी लगानी गर्ने ?’
समस्या शहरमा मात्रै नभएर गाउँमा समेत रहेको उनले बताए ।
‘काठमाडौँमा “ठुला’’ नेता मात्र हैन गाऊँ गाऊँ मा राजनीतिमा लागेका कारणले मात्र पनि घर जलेको परिवारको Healing कसरी गर्ने ? यसको जिम्मा कसले लिने हो ?’ उनले प्रश्न गरेका छन् ।
Comments
अरु समाचार
-
अख्तियारका पदाधिकारीलाई पाँचघण्टा सोधपुछ गरेको विषय बालेनले नैं गरे पुष्टि
काठमाडौं ।अख्तियारका पदाधिकारीलाई पाँच घण्टा सोधपुछ गरेको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह बालेनले स्वीकार गरेका छन् । प्रधानमन्त्री शाहले आइतबार रास्वपाको...
-
बालेनको प्रशंसा गर्दै सिके राउतले भने- प्रतिपक्षीले कालो लुगा निषेधको माग गर्न सक्छन्
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको तीव्र प्रशंसा गरेका हुन् । उनले रास्वपा महाधिवेशन उद्घाटन समारोहमा...
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
संसदीय समितिमा कडा नियम, लगातार पाँच बैठकमा अनुपस्थित भए कारबाही गरिने
काठमाडौं । संसदीय समितिको पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सदस्यलाई कारबाहीको सिफारिस गर्न सकिने व्यवस्था सहित प्रतिनिधिसभा अन्तर्गतको कानुन,...
-
जावलाखेल चिडियाखानाका प्रमुखमाथि छानबिन थालियो, बर्ड फ्लु सङ्क्रमणको सूचना लुकाएको आरोप
काठमाडौँ । जावलाखेलस्थित सदर चिडियाखानामा बर्ड फ्लु (एच५एन१) सङ्क्रमण पुष्टि भएको जानकारी राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई समयमै नदिई...
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि चितवनको भरतपुरमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने...
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...











