ताजा समाचार

BREAKING: संविधानकाे पक्षमा काठमाडाैंकामा प्रदर्शन सुरू !

काठमाडौं । संविधान माथिको हस्तक्षेप बन्द गर्न माग राख्दै काठमाडौंमा प्रदर्शन सुरू भएको गरेको छ ।

विदेशी हस्तक्षेप बन्द गर, संविधानको रक्षा गर, राष्ट्रपतिलाई सार्वजनिक गर, नेपाली हामी रहौंला कहाँ नेपालै नरहे जस्ता प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन सुरू भएको हो । नेपाली सेनाले सडकमा तैनाथी र कडा कर्फ्युका बाबजुद संविधानकाे पक्षमा अावाज उठाउँदै प्रदर्शन गरिरहेका छन् ।

सोमबार र मंगलबार दुई दिन जेनजीको प्रदर्शनपछि सरकार ढलेको थियो । मंगलबार प्रदर्शनकारीले सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति निवासमा आगजनी गरेका थिए ।

सरकारी तथा राजनीतिक दलका नेताहरूको घरमा आगजनी, तोडफोड तथा लुटपाट हुन थालेपछि नेपाली सेनाले तत्काल यस्तो कार्य रोक्न आग्रह गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org