संविधान विरोधी गतिविधि बढेको र प्रतिगमन निम्त्याउन खोजेको भन्दै सडकमा ओर्लिए युवाहरू
काठमाडौं । जेन–जी आन्दोलनपछि मुलुकमा उत्पन्न विषम परिस्थितिलाई संवैधानिक दायराबाट निकास दिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
आन्दोलनले पछि विकसीत पछिल्ला राजनीतिक घटनाक्रमले संविधान विरोधी गतिविधि बढेको र प्रतिगमन निम्त्याउने प्रयास भएको बताउँदै यसका विरुद्ध विभिन्न विद्यार्थी संगठनहरू कर्फ्यूको अवज्ञा गर्दै प्रदर्शनमा उत्रिएका छन् । त्रिचन्द्र बहुमुखी क्याम्पस, स्ववियुको आह्वानमा विद्यार्थी संगठनहरू कफ्र्युको अवज्ञा गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।
विद्यार्थी संगठनहरू अहिले त्रिचन्द्र बहुमुखी क्याम्पस नजिक प्रदर्शन गरिरहेका छन् । यसअघि स्ववियु अध्यक्ष गोविन्द कोइरालाले सामाजिक सञ्जालमार्फत् सूचना गरेर सबै संगठनहरुलाई प्रदर्शनमा सहभागी हुन आह्वान गरेका थिए ।
‘हामी इतिहासको गम्भीर मोडमा उभिएका छौँ । वर्तमान परिस्थितिले हामी सबैको दायित्व संविधान जोगाउनेमा सबै एकजुट भएर अग्रणी भूमिमा निर्वाह गर्नुपर्ने छ,’ सूचनामा भनिएको थियो, ‘त्यसैले सम्पूर्णको सल्लाहले निम्न स्थानमा आन्दोलनको तयारी भएको हुँदा उपथितिका लागि हार्दिक अपिल गर्दछु ।’
सूचनामा बेलुकी ५ बजे प्रदर्शनको समय उल्लेख थियो । तर, विद्यार्थी संगठनहरू निर्धारित समयभन्दा एक घण्टा अगावै कफ्र्यका बीच सडमा उत्रिएका हुन् । यसअघि नेविसंघले निषेधाज्ञाका बीच सानो–सानो समूहका काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गरेको थियो ।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












