संविधान विरोधी गतिविधि बढेको र प्रतिगमन निम्त्याउन खोजेको भन्दै सडकमा ओर्लिए युवाहरू
काठमाडौं । जेन–जी आन्दोलनपछि मुलुकमा उत्पन्न विषम परिस्थितिलाई संवैधानिक दायराबाट निकास दिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
आन्दोलनले पछि विकसीत पछिल्ला राजनीतिक घटनाक्रमले संविधान विरोधी गतिविधि बढेको र प्रतिगमन निम्त्याउने प्रयास भएको बताउँदै यसका विरुद्ध विभिन्न विद्यार्थी संगठनहरू कर्फ्यूको अवज्ञा गर्दै प्रदर्शनमा उत्रिएका छन् । त्रिचन्द्र बहुमुखी क्याम्पस, स्ववियुको आह्वानमा विद्यार्थी संगठनहरू कफ्र्युको अवज्ञा गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।
विद्यार्थी संगठनहरू अहिले त्रिचन्द्र बहुमुखी क्याम्पस नजिक प्रदर्शन गरिरहेका छन् । यसअघि स्ववियु अध्यक्ष गोविन्द कोइरालाले सामाजिक सञ्जालमार्फत् सूचना गरेर सबै संगठनहरुलाई प्रदर्शनमा सहभागी हुन आह्वान गरेका थिए ।
‘हामी इतिहासको गम्भीर मोडमा उभिएका छौँ । वर्तमान परिस्थितिले हामी सबैको दायित्व संविधान जोगाउनेमा सबै एकजुट भएर अग्रणी भूमिमा निर्वाह गर्नुपर्ने छ,’ सूचनामा भनिएको थियो, ‘त्यसैले सम्पूर्णको सल्लाहले निम्न स्थानमा आन्दोलनको तयारी भएको हुँदा उपथितिका लागि हार्दिक अपिल गर्दछु ।’
सूचनामा बेलुकी ५ बजे प्रदर्शनको समय उल्लेख थियो । तर, विद्यार्थी संगठनहरू निर्धारित समयभन्दा एक घण्टा अगावै कफ्र्यका बीच सडमा उत्रिएका हुन् । यसअघि नेविसंघले निषेधाज्ञाका बीच सानो–सानो समूहका काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गरेको थियो ।
Comments
अरु समाचार
-
कांग्रेस इतर समूहको पनि सक्रियता बढ्यो, दशैंअघिसम्म क्षेत्रीय अधिवेशन सकिने
काठमाडौं। संस्थापन पक्ष १५ औं महाधिवेशनमा जुटिरहेका बेला नेपाली कांग्रेसको इतर समूहले पनि अलग्गै महाधिवेशनको प्रक्रिया तीव्र पारेको छ। पूर्वसभापति...
-
‘थुनामा रहेका व्यक्तिहरुको अधिकार र कानूनले गरेको व्यवस्थाहरु’
अधिवक्ता यामु रामदाम\ कानुनी शब्दकोश र कारागार ऐन,२०७९ अनुसार , थुनुवा भन्नाले कुनै कसूरको अनुसन्धानको सिलसिलामा वा पुर्पक्षका लागि न्यायिक...
-
मन्त्रिपरिषद् बैठक: विभिन्न अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्मका निर्णय
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले विभिन्न अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्मका निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
-
बाढी, पहिरो र हिमपात: मुस्ताङको लेतेदेखि कोरला नाकासम्म रोकिए ५०० बढी कन्टेनर
मुस्ताङ। मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रूपमा रोकिएको अवस्थामा रहेका छन्। यही असोज ८ देखि...
-
‘दसैँलगायत चाडपर्वमा एटिएमबाटै १०० रुपियाँका नयाँ नोट’
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैङ्क तथा वित्तीय संस्थालाई एटिएमबाटै १०० रुपियाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन...
-
अच्यूतमणि न्यौपानेलाई सचिव पदमा बढुवा सिफारिस, ध्रुब चौहानलाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा
काठमाडौं । न्याय सेवा आयोगको असोज २० गते मंगलबार बसेको बैठकले उच्च तहका अधिकृतहरूको सरुवा तथा बढुवा लागि सिफारिस गरेको...
-
‘विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०: २६ बजे उत्तम ‘
काठमाडौँ । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०: २६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक...
-
सर्वोच्चमा सिफारिस गरिए चार न्यायाधीश, दुई सदस्यले लेखे ‘नोट अफ डिसेन्ट’
काठमाडौं । न्यायपरिषद बैठकले सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस गरेको छ। मंगलबार दिउँसो बसेको बैठकले रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु,...
-
कांग्रेस सभापति पदका लागि तीन जनाले गराए उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेस सभापति पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । १५औं महाधिवेशनअन्तर्गत असोज २२ गते हुने...












