जेनजी आन्दोलनमा तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न कार्यकर्तालाई धमाधम कारबाही गर्दै एमाले
काठमाडाैं । नेकपा एमालेले जेनजी आन्दोलनका क्रममा सरकारी भवन र निजी सम्पत्तिमा तोडफोड, आगजनी तथा लुटपाटमा गर्ने आफ्ना नेता तथा कार्यकर्ताको विवरण संकलन तथा संलग्न पाइएपछि कारबाही प्रक्रिया सुरू गरिएको हो ।
उनीहरूको संलग्नताबारे आएको सूचनाको आधारमा नामावली संकलन सुरू भएको नेताहरूले बताएका छन् । नेकपा एमाले कमल गाउँ कमिटी झापाले सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनीमा संलग्न अभियोगमा वीरेन्द्रप्रसाद तिवारीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।
उनी कमल-५ का बासिन्दा हुन् । गाउँ कमिटी झापाले विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा प्राप्त भिडिओ र तस्बिरका आधारमा तिवारीलाई कारबाही गरेको जनाएको छ । एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले आन्दोलनमा मिसिएर सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोडमा संलग्न पाइए जो सुकैलाई कारबाही हुने बताए ।
उनले भने, ‘लोकतन्त्रमा विरोध गर्न पाइन्छ, आफ्ना कुरा राख्न पाइन्छ । तर सार्वजनिक सम्पत्तिमा विध्वंस गर्न पाइँदैन ।’ सबुद संकलन थालिएको भन्दै खतिवडाले नेपाल प्रेससँग भने, ‘हामी प्रमाणका आधारमा कारबाही गर्छौं । सार्वजनिक सम्पत्तिमा आगजनी गर्नेलाई पार्टीका कार्यकर्ता भनेर संरक्षण गर्दैनौं । ’
अराजकता मच्चाउनेहरूलाई कारबाहीको दायरामा ल्याउन पार्टीले सहयोग गर्ने उनले सुनाए । भदौ २३-२४ को आन्दोलनमा कोशीमा विभिन्न जिल्लामा एमालेका पार्टी कार्यालयमा पनि तोडफोड र आगजनी भएको । ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुरका जिल्ला र पालिका तहका पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको एमाले कोशीले जनाएको छ ।
Comments
अरु समाचार
-
‘नियमित महाधिवेशन गर्न नेताहरू र बहुमतले नमाने विशेष महाधिवेशन’
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावअघि पार्टीको नियमित महाधिवेशन गर्न नसक्ने निष्कर्ष पार्टीले निकाल्ने हो भने विशेष महाधिवेशनले...
-
नेपाल एयरलाइन्सको अर्को ट्विनअटर मर्मतपछि नियमित सेवामा
काठमाडाैं । नेपाल एयरलाइन्सले ग्राउण्डेड गरेर राखेको 'अल्फा ब्राभो ट्यांगो'को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । दुर्गम...
-
पूर्वमन्त्री दीपक खड्काले बनाएका संरचनामा महानगरको डोजर
काठमाडाैं । काठमाडौंको लैनचौरस्थित स्काउटको जग्गामा पूर्व ऊर्जामन्त्री दीपक खड्काले बनाएका संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । बिहीबार प्रहरीहरु...
-
अमेरिकामा सरकारी कामकाज सञ्चालन गर्ने विधेयकमाथि मतदानको तयारी
वासिङटन डीसी । अमेरिकामा इतिहासकै सबैभन्दा लामो ४२ दिनको सरकारी कामकाज बन्द अन्त्य गर्न संसदले विधेयकमाथि मतदान गर्न तयारी गरेको...
-
एसियन डिजास्टर प्रिपेयर्डनेस सेन्टर के हो ? नेतृत्व नेपालले सम्हाल्यो
काठमाडौं । एसियन डिजास्टर प्रिपेयर्डनेस सेन्टरको नेतृत्व आजदेखि नेपालले गरेको छ । थाइल्याण्डको बैंककमा आज सम्पन्न एडिपिसिको बोर्ड अफ ट्रष्टिजको...
-
भीम रावल नेतृत्वको अभियान र नेकपाबीच ७ बुँदे सहमति
काठमाडौँ । भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपाल र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच ७ बुँदे सहमति भएको छ...
-
‘फागुन २१ गते निर्वाचनमा सहभागी नभए व्यवस्था नरहने खतरा’
काठमाडौं। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा निर्वाचनमा नगए व्यवस्था नरहने खतरा औंल्याएका छन्।...
-
यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती
काठमाडौं । बागमती प्रदेशमा भौतिक पूर्वाधारहरू सडकमार्ग, स्वास्थ्य सेवा र सहज खानेपानी, ढल तथा फोहोर व्यवस्थापन, पूर्वाधारयुक्त व्यवस्थित बस्ती विकास...
-
मुख्यमन्त्री र मन्त्री नियुक्तिविरुद्ध आज पनि मधेशमा आन्दोलन
जनकपुरधाम । मधेश प्रदेशमा नेकपा एमालेको मुख्यमन्त्री नियुक्तिपछि आन्दोलनरत सात दलले बुधबार पनि आन्दोलन जारी रहने जनाएको छ । मंगलबार...












