६ प्रतिशतले घट्यो नेप्से, तेस्रो नेगेटिभ सर्किटपछि आजको करोबार बन्द !
काठमाडौं । भदौ २३ र २४ गतेको ध्वंसात्मक घटनापछि खुलेको सेयर बजारमा तीन पटक नेगेटिभ सर्किट ब्रेक लागेसँगै बिहीबारका लागि कारोबार स्थगित भएको छ । दिनभर बजार ६ प्रतिशत घट्यो ।
कारोबार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घट्यो । त्यसपछि २० मिनेट स्थगित भइ खुलेको कारोबारमा थप १ प्रतिशत अर्थात् कुल ५ प्रतिशत घटेपछि ११ : २३ बजे नै दोस्रो सर्किट ब्रेक लाग्यो ।
दोस्रो सर्किट ब्रेकपछि ४० मिनेटका लागि कारोबार स्थगित भयो । १२ : ०४ बजे खुलेको बजार फेरि थप १ प्रतिशत अर्थात् कुल ६ प्रतिशत घटेपछि तेस्रो सर्किट ब्रेकसँगै आजका लागि कारोबार स्थगित भयो ।
६ प्रतिशत घट्दा नेप्से परिसूचक १६० अंक घटेर २५११ मा कायम भएको छ । कुल करिब ४ मिनेट मात्रै कारोबार भयाे । ७२ करोड ८७ लाख रुपैयाँको कारोबार भयाे ।
व्यापार समूह सबैभन्दा धेरै ९.३४ प्रतिशत घट्यो । त्यस्तै अन्य समूह ७.४८, होटल तथा पर्यटन ७.२४, लगानी ७.१८ प्रतिशत घटे । अन्य समूहमा दुई पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्स र नेपाल पुनर्बीमा पर्दछन् ।
यी कम्पनीको मूल्यमा बिहीबार भारी गिरावट आएसँगै समूहमा उच्च प्रभाव देखियो । बैंकिङ ५.५२, विकास बैंक ५.१३, फाइनान्स ४.५२, हाइड्रोपावर ५.४०, जीवन बीमा ६.६६, उत्पादन तथा प्रशोधन ५.०२, माइक्रोफाइनान्स ४.०८ र निर्जीवन बीमा ५.४२ प्रतिशत घटे ।
आज १६ कम्पनीको मूल्य १० प्रतिशत घट्यो ।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












