संविधान दिवसः दलहरू आफ्नै कार्यालयमा कार्यक्रम गर्दै
३ असोज, काठमाडौं । जेनजी युवा आन्दोलनपछि आक्रामक नभई रक्षात्मक अवस्थामा पुगेका प्रमुख राजनीतिक दलहरूले यस वर्ष संविधान दिवस आफ्ना–आफ्नै पार्टी कार्यालयमै कार्यक्रम गरी मनाउने भएका छन् । आन्दोलनकै क्रममा पार्टी कार्यालयहरूमा आगजनी भएपछि दलहरूले त्यसै स्थानलाई संविधान रक्षाका खबरदारीसहित उत्सव स्थल बनाएका हुन् ।
जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भए पनि लोकतान्त्रिक गणतन्त्र माथि चुनौती आउन सक्ने आकलन गर्दै दलहरूले संविधान दिवसलाई सचेतनासहित मनाउने तयारी गरेका छन् ।
नेपाली कांग्रेस
नेपाली कांग्रेसले ७७ वटै जिल्लामा ‘संविधान हातमा’ अभियानमार्फत शान्तिपूर्ण कार्यक्रम गर्ने भएको छ । उपसभापति पूर्णबहादुर खड्काले संयमित र दृढतापूर्वक संविधानको रक्षा गर्ने संकल्पसहित दिवस मनाइने बताए ।
नेकपा एमाले
एमालेले काठमाडौंको च्यासलस्थित केन्द्रीय कार्यालयमै बिहान ८ बजे कार्यक्रम गर्नेछ । सो कार्यक्रममा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनेछन् । महासचिव शंकर पोखरेलले आन्दोलनका नाममा संवैधानिक व्यवस्थालाई कमजोर पार्ने षड्यन्त्र भइरहेको भन्दै संविधानको रक्षा गर्न कार्यक्रम आयोजना गरिएको जानकारी दिए । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, राजधानी बाहेक ७७ जिल्लामा समेत वृहत कार्यक्रम गरिनेछ ।
माओवादी केन्द्र
नेकपा माओवादी केन्द्रले पेरिसडाँडास्थित केन्द्रीय कार्यालय परिसरमै अध्यक्ष प्रचण्डको उपस्थितिमा दिवस मनाउने तयारी गरेको छ । पार्टी सचिव गणेशमान पुनका अनुसार, कार्यक्रममा शहीदहरूको सम्झनामा दीप प्रज्वलनसहितका गतिविधि हुनेछन् । वाईसीएल अध्यक्ष पुष्प ओलीले संविधान र व्यवस्थाको रक्षाका लागि खबरदारी गर्दै युवा आन्दोलनको मूल मर्मलाई सम्बोधन गर्ने बताए ।
राष्ट्रिय समारोह सामान्य तरिकाले
संविधान घोषणा भएको १० वर्ष पुगेको अवसरमा मूल समारोह समिति गठन भए पनि जेनजी आन्दोलनपछि ठूलो उत्सव नगरी सामान्य तरिकाले दिवस मनाइने भएको छ । टुँडिखेलस्थित सैनिक मञ्चमा बिहान साढे आठ बजे हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल अध्यक्षता गर्ने र अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने तय भएको छ । तर, यस पटक सांस्कृतिक झाँकी र विशेष प्रदर्शन भने रहने छैनन् ।
त्यसैगरी राष्ट्रपति पौडेलले अपराह्न ३स्३० बजे शीतल निवासमा छुट्टै कार्यक्रम आयोजना गर्ने तयारी गरेका छन् ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...











