संविधान दिवसः दलहरू आफ्नै कार्यालयमा कार्यक्रम गर्दै
३ असोज, काठमाडौं । जेनजी युवा आन्दोलनपछि आक्रामक नभई रक्षात्मक अवस्थामा पुगेका प्रमुख राजनीतिक दलहरूले यस वर्ष संविधान दिवस आफ्ना–आफ्नै पार्टी कार्यालयमै कार्यक्रम गरी मनाउने भएका छन् । आन्दोलनकै क्रममा पार्टी कार्यालयहरूमा आगजनी भएपछि दलहरूले त्यसै स्थानलाई संविधान रक्षाका खबरदारीसहित उत्सव स्थल बनाएका हुन् ।
जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भए पनि लोकतान्त्रिक गणतन्त्र माथि चुनौती आउन सक्ने आकलन गर्दै दलहरूले संविधान दिवसलाई सचेतनासहित मनाउने तयारी गरेका छन् ।
नेपाली कांग्रेस
नेपाली कांग्रेसले ७७ वटै जिल्लामा ‘संविधान हातमा’ अभियानमार्फत शान्तिपूर्ण कार्यक्रम गर्ने भएको छ । उपसभापति पूर्णबहादुर खड्काले संयमित र दृढतापूर्वक संविधानको रक्षा गर्ने संकल्पसहित दिवस मनाइने बताए ।
नेकपा एमाले
एमालेले काठमाडौंको च्यासलस्थित केन्द्रीय कार्यालयमै बिहान ८ बजे कार्यक्रम गर्नेछ । सो कार्यक्रममा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनेछन् । महासचिव शंकर पोखरेलले आन्दोलनका नाममा संवैधानिक व्यवस्थालाई कमजोर पार्ने षड्यन्त्र भइरहेको भन्दै संविधानको रक्षा गर्न कार्यक्रम आयोजना गरिएको जानकारी दिए । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, राजधानी बाहेक ७७ जिल्लामा समेत वृहत कार्यक्रम गरिनेछ ।
माओवादी केन्द्र
नेकपा माओवादी केन्द्रले पेरिसडाँडास्थित केन्द्रीय कार्यालय परिसरमै अध्यक्ष प्रचण्डको उपस्थितिमा दिवस मनाउने तयारी गरेको छ । पार्टी सचिव गणेशमान पुनका अनुसार, कार्यक्रममा शहीदहरूको सम्झनामा दीप प्रज्वलनसहितका गतिविधि हुनेछन् । वाईसीएल अध्यक्ष पुष्प ओलीले संविधान र व्यवस्थाको रक्षाका लागि खबरदारी गर्दै युवा आन्दोलनको मूल मर्मलाई सम्बोधन गर्ने बताए ।
राष्ट्रिय समारोह सामान्य तरिकाले
संविधान घोषणा भएको १० वर्ष पुगेको अवसरमा मूल समारोह समिति गठन भए पनि जेनजी आन्दोलनपछि ठूलो उत्सव नगरी सामान्य तरिकाले दिवस मनाइने भएको छ । टुँडिखेलस्थित सैनिक मञ्चमा बिहान साढे आठ बजे हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल अध्यक्षता गर्ने र अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने तय भएको छ । तर, यस पटक सांस्कृतिक झाँकी र विशेष प्रदर्शन भने रहने छैनन् ।
त्यसैगरी राष्ट्रपति पौडेलले अपराह्न ३स्३० बजे शीतल निवासमा छुट्टै कार्यक्रम आयोजना गर्ने तयारी गरेका छन् ।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












