ओमानमाथि सहज जित निकाल्दै भारत एसिया कपकाे शीर्ष चारमा प्रवेश !
काठमाडौं । एसिया कप २०२५ को समूह ‘ए’ अन्तर्गतको अन्तिम खेलमा भारतले ओमानलाई २१ रनले पराजित गरेको छ।
अबुधाबीस्थित जइद क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८८ रन बनाएको थियो। भारतले दिएको १८९ रनको विजयी लक्ष्य पछाएको ओमानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६७ रन बनाउन सक्यो।
ओमानका लागि ओपनर ब्याटर अमिर कलिमले सर्वाधिक ६४ रन बनाए । उनले ४६ बलमा ७ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर कप्तान जतिन्दर सिंहले ३२ रन बनाए हमाद मिर्जाले ५१ रन बनाउँदा जितेन रमानाण्डी १२ रनमा अविजित रहे।
भारतका लागि बलिङमा हार्दिक पाण्ड्या, अर्षदीप सिंह, हर्षित राना र कुलदिप यादवले समान १–१ विकेट लिए। यसअघि, ब्याटिङ गरेको भारतको लागि सन्जु सामसनले सर्वाधिक ५६ रन बनाए । उनले ४५ बलमा समान ३ चौका र ३छक्का प्रहार गरे। अक्षर पटेलले २६ र तिलक वर्माले २९ रन बनाउँदा हर्षित राना १३ रनमा अविजित रहे।
ओमानका लागि बलिङतर्फ शाह फैसल, जितेन रमानाण्डीले र अमिर कलिमले २(२ विकेट लिए। यो एसिया कप २०२५ को लिग चरणको अन्तिम खेल थियो। लिग चरणको खेल सकिएसँगै अब शीर्ष ४ को खेलहरू हुनेछन्।
Comments
अरु समाचार
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
एसियन गेम्स पुरुष क्रिकेटमा छनोट भयाे नेपाल
काठमाडौँ। नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।मलेसियामा जारी छनोट खेलमा मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई...
-
पीएसजी लगातार दोस्रो पटक च्याम्पियन्स लिग विजेता
काठमाडाैं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले लगातार दोस्रो पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जित्दै युरोपेली फुटबलमा आफ्नो वर्चस्व...
-
रविन्द्र ढाँट ‘रोड टु युएफसी सिजन ५’ को सेमिफाइनलमा
काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन्...
-
आईसीसी विश्वकप लिग–२ : नेपालकाे शानदार जित, अमेरिकालाई १२२ रनले हरायो
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबारको खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको छ । ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकालाई...
-
आईपीएलः राजस्थानले लखनऊलाई सानदारले हरायो, सुर्यवंशीले बनाए ९३ रन
जयपुर । युवा ब्याट्सम्यान वैभव सूर्यवंशीको विष्फोटक इनिङ्सको मद्दतले राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग ९आईपीएल० मा लखनऊ सुपर जाइन्ट्समाथि ७...












