ओमानमाथि सहज जित निकाल्दै भारत एसिया कपकाे शीर्ष चारमा प्रवेश !
काठमाडौं । एसिया कप २०२५ को समूह ‘ए’ अन्तर्गतको अन्तिम खेलमा भारतले ओमानलाई २१ रनले पराजित गरेको छ।
अबुधाबीस्थित जइद क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८८ रन बनाएको थियो। भारतले दिएको १८९ रनको विजयी लक्ष्य पछाएको ओमानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६७ रन बनाउन सक्यो।
ओमानका लागि ओपनर ब्याटर अमिर कलिमले सर्वाधिक ६४ रन बनाए । उनले ४६ बलमा ७ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर कप्तान जतिन्दर सिंहले ३२ रन बनाए हमाद मिर्जाले ५१ रन बनाउँदा जितेन रमानाण्डी १२ रनमा अविजित रहे।
भारतका लागि बलिङमा हार्दिक पाण्ड्या, अर्षदीप सिंह, हर्षित राना र कुलदिप यादवले समान १–१ विकेट लिए। यसअघि, ब्याटिङ गरेको भारतको लागि सन्जु सामसनले सर्वाधिक ५६ रन बनाए । उनले ४५ बलमा समान ३ चौका र ३छक्का प्रहार गरे। अक्षर पटेलले २६ र तिलक वर्माले २९ रन बनाउँदा हर्षित राना १३ रनमा अविजित रहे।
ओमानका लागि बलिङतर्फ शाह फैसल, जितेन रमानाण्डीले र अमिर कलिमले २(२ विकेट लिए। यो एसिया कप २०२५ को लिग चरणको अन्तिम खेल थियो। लिग चरणको खेल सकिएसँगै अब शीर्ष ४ को खेलहरू हुनेछन्।
Comments
अरु समाचार
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
नेपाली महिला टाेली सेमिफाईनल प्रवेश !
काठमाडाैं । अमेरिकालाई १० विकेटले पराजित गर्दै नेपाल ब्लाईण्ड महिला टी-२० विश्वकप क्रिकेटको सेमिफाईनलमा प्रवेश गरेको छ । भारत र...
-
एनपीएल दोस्रो सिजनको पहिलो खेलका सबै टिकटहरू ‘सोल्ड आउट’
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनको पहिलो खेलका टिकटहरू सबै बिक्री भएका छन् । खल्ती मोबाइल वालेटबाट टिकट...
-
अविनाश बोहराकाे समर्थकहरू माझ अनाैठाे आग्रह !
काठमाडौं । मंसिर १ गते सोमबारबाट काठमाडौंको त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने दोस्रो संकरणको नेपाल प्रिमियर लिगको ब्यग्र प्रतिक्षामा...
-
दोस्रो संस्करणको एनपिएल बन्दैछ ऐतिहासीक, ‘सबै तयारी पूरा भयाे’ : क्यान
काठमाडौं । भोली मंसिर १ गते सोमबारबाट सुरु हुने दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को सम्पूर्ण तयारी पूरा भएको क्यानले...
-
एनपिएल खेल्न नेपाल आइपुगे न्युजिल्यान्डका ‘गप्टिल’
काठमाडौं । न्युजिल्यान्डका ब्याटर मार्टिन गप्टिलले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्न नेपाल आईपुगेका छन् । यस सिजनमा...
-
च्याम्पियन्स लिग: म्यानचेस्टरसँग पिएसजी २–१ गोल अन्तरले पराजित
काठमाडौं । महिला च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) पराजित भएको छ । म्यानचेस्टर युनाइटेडले पिएसजीलाई २–१ गोल अन्तरले पराजित...
-
यस्तो छ एनपीएल क्रिकेटको दोस्रो संस्करणको खेल तालिका
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले हिजो...
-
लिग-२ : नेपालको लगातार चौंथो हार, अन्तिम खेलमा युएईले ४ विकेटले हरायाे
काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएई र अमेरिकाविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल जितबिहीन बनेको छ। बुधबार दुबईमा भएको अन्तिम...












