आज नवरात्रिको पहिलो दिन, देवी शैलपुत्रीको पूजा गरिँदै
काठमाडौँ । दसैंको पहिलो दिन अर्थात् नवरात्रिको पहिलो दिन आज नवदुर्गामध्ये शैलपुत्रीको पूजा एवं आराधना गरी घटस्थापना गरेर जमरा राखिँदै छ । घट भनेको माटोको चोखो भाँडा हो भन्ने बुझिन्छ । त्यस घटलाई शास्त्रीय विधिअनुसार स्थापना गर्नुलाई घटस्थापना भनिएको बताइन्छ । आज घटस्थापनाको दिन जमरा राखिन्छ ।
चोखो स्थानबाट ल्याइएको बालुवा वा माटोमाथि जौ, गहुँ, धानलगायतलाई राखिन्छ । ९ दिनसम्ममा ति बिजहरू उम्रिन्छन् । त्यसैलाई बिजयादशमीमा टीका लगाउँदा प्रयोग गरिन्छ । गोबर लेपन गरिएको उक्त घडामा जौ राखेर घरको पूजाकोठा या दसैंका लागि जमरा राख्न तयार गरिएको ठाउँमा राखिन्छ । नवदुर्गाका लागि ९ भाग जमरा राखिन्छ ।
नवदुर्गा भवानीको पहिलो स्वरूप शैलपुत्री
दाहिने हातमा त्रिशूल बोकेकी, देव्रे हातमा कमल तथा निधारमा अर्धचन्द्राकार चन्द्र भएकी तेजश्वी देवीलाई शैलपुत्री भनेर सम्झनु पर्दछ । उनलाई सती, पार्वती, वृषारूढ़ा, हेमवती, भवानी भनेर पनि पुकार्ने गरिन्छ । हिमालयका राजा शैलराजको घरमा पैदा भएको कारणले नवदुर्गाको पहिलो अवतारलाई शैलपुत्री भनिएको हो ।
शैलपुत्री अर्थ पहाड (शिला)की छोरी भन्ने हुन्छ । नवदुर्गा भवानीको पहिलो स्वरूप शैलपुत्रीको आराधना गर्नाले धन, धान्य, सौभाग्य, आरोग्य, मोक्ष तथा सबै प्रकारको मनोकामना पूर्ण हुने मानिन्छ । शैलपुत्रीलाई श्रद्धाभक्तिले गरिएको सबै प्रकारको पूजा, फलफूल, पकवान्न, एवं पुष्पहरू प्रिय छ । शैलपुत्रीलाई सम्पूर्ण शक्तिको सम्भावनाको रूपमा मानिन्छ ।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












