आज नवरात्रिको पहिलो दिन, देवी शैलपुत्रीको पूजा गरिँदै
काठमाडौँ । दसैंको पहिलो दिन अर्थात् नवरात्रिको पहिलो दिन आज नवदुर्गामध्ये शैलपुत्रीको पूजा एवं आराधना गरी घटस्थापना गरेर जमरा राखिँदै छ । घट भनेको माटोको चोखो भाँडा हो भन्ने बुझिन्छ । त्यस घटलाई शास्त्रीय विधिअनुसार स्थापना गर्नुलाई घटस्थापना भनिएको बताइन्छ । आज घटस्थापनाको दिन जमरा राखिन्छ ।
चोखो स्थानबाट ल्याइएको बालुवा वा माटोमाथि जौ, गहुँ, धानलगायतलाई राखिन्छ । ९ दिनसम्ममा ति बिजहरू उम्रिन्छन् । त्यसैलाई बिजयादशमीमा टीका लगाउँदा प्रयोग गरिन्छ । गोबर लेपन गरिएको उक्त घडामा जौ राखेर घरको पूजाकोठा या दसैंका लागि जमरा राख्न तयार गरिएको ठाउँमा राखिन्छ । नवदुर्गाका लागि ९ भाग जमरा राखिन्छ ।
नवदुर्गा भवानीको पहिलो स्वरूप शैलपुत्री
दाहिने हातमा त्रिशूल बोकेकी, देव्रे हातमा कमल तथा निधारमा अर्धचन्द्राकार चन्द्र भएकी तेजश्वी देवीलाई शैलपुत्री भनेर सम्झनु पर्दछ । उनलाई सती, पार्वती, वृषारूढ़ा, हेमवती, भवानी भनेर पनि पुकार्ने गरिन्छ । हिमालयका राजा शैलराजको घरमा पैदा भएको कारणले नवदुर्गाको पहिलो अवतारलाई शैलपुत्री भनिएको हो ।
शैलपुत्री अर्थ पहाड (शिला)की छोरी भन्ने हुन्छ । नवदुर्गा भवानीको पहिलो स्वरूप शैलपुत्रीको आराधना गर्नाले धन, धान्य, सौभाग्य, आरोग्य, मोक्ष तथा सबै प्रकारको मनोकामना पूर्ण हुने मानिन्छ । शैलपुत्रीलाई श्रद्धाभक्तिले गरिएको सबै प्रकारको पूजा, फलफूल, पकवान्न, एवं पुष्पहरू प्रिय छ । शैलपुत्रीलाई सम्पूर्ण शक्तिको सम्भावनाको रूपमा मानिन्छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











