ताजा समाचार

नवनियुक्त सञ्चारका दुई वटा घोषणा !

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दुई वटा घोषणा गरेका छन् ।

२ महिनाभित्र काठमाडौँ उपत्यकाका जुनसुकै सार्वजनिक स्थानमा गए पनि निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइनेछ ।

त्यस्तै पाँच महिनाभित्र राजधानीसहित देशभरका सात वटै प्रदेशका १० वटा शहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेटको पहुँच हुनेछ ।

खरेल आजमात्रै सञ्चारमन्त्रीमा नियुक्त भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org