ताजा समाचार

सुक्खा पहिरोले नागढुंगा–मुग्लिन सडक आज खुल्ने सम्भावना कम !

काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङ खोलामा खसेको सुक्खा पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको पहिरो पन्छाउन आज दिनभर लाग्ने अनुमान गरिएको छ ।

नागढुंगा– मुग्लिन सडक योजना कार्यालय पश्चिम खण्डका प्रमुख केदार नेपालले पहिरो ठूलो भएकाले पन्छाउन दिनभर लाग्ने र आज दिनभर सवारी साधन सञ्चालन हुने सम्भावना कम रहेको छ ।

गएराति खसेको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध भएको हो । राति सुरुमा सानो पहिरो खसेको थियो । त्यसलाई पन्छाएर एकतर्फी बाटो खुलाइएको थियो । तर पछि फेरि ठूलो पहिरो खसेपछि हाल सडक दुईतर्फी नै बन्द छ ।

अहिले पनि पहिरो खस्ने क्रम जारी रहेकाले पन्छाउने काम गर्न नसकिएको उनले बताए । पहिरो खस्न रोकिएपछि मात्र पन्छाउने काम हुने प्रहरीले जनाएको छ ।

रातिदेखि नै सडक बन्द भएकाले यात्रुहरु र गाडीका स्टाफहरु बाटोमा अलपत्र छन् । उनीहरुलाई सुरक्षित ठाउँमा रहन र लेन अनुशासन पालना गरेर प्रतीक्षा गर्न जिल्ला प्रहरी कार्यालय धादिङले अनुरोध गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org