छवि रिजाललाई हटाएर काठमाडौं सिडियोकाे जिम्मेवारी इश्वराज पौडेललाई !
काठमाडौं । गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई हटाएर नयाँ प्रमुख जिल्ला अधिकारीकाे रूपमा सहसचिव इश्वराज पौडेललाई पठाएको छ ।
बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयमा फाजिलमा रहेका सहसचिव इश्वराज पौडेललाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर त्यहाँ रहेका रिजाललाई मन्त्रालयमा तानेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत पौडेललाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी नै दिनेगरी केहि दिन अघि बसेको मन्त्रिपरिषद बैठकले मन्त्रालयमा सरुवा गरेर ल्याएको थियो ।
रिजाललाई रमेश लेखक गृहमन्त्री हुदाँ गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा थिए । उनलाई अन्तिम समयमा काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएका थिए ।
काठमाडौंको प्रमुख जिल्ला अधिकारीबाट एक महिना नपुग्दै बर्हिगमन हुने रिजाल पहिलो सहसचिव हुन् । रिजालले काठमाडौंमा गत भदौ ९ गते प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका थिए । उनले जिम्मेवारी सम्हालेको १५ दिन नपुग्दै जेनजीको आन्दोलन चर्किएको थियो ।
काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थापनमा महत्वपुर्ण भूमिका रहने काठमाडौंका प्रमुख जिल्ला अधिकारीले सुरक्षा व्यवस्थापन गर्न नसक्दा ७२ जनाको ज्यान जाने गरी आन्दोलन चर्किएको थियो भने संघीय संसददेखि सिंहदबार हुदैँ अदालत र प्रहरी कार्यालय ध्वस्त भएका थिए ।
Comments
अरु समाचार
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...












