तुइनखोलाको पहिरो हटाइयो,आजै रातिदेखि गाडी चलाउने तयारी !
काठमाडाैं । धादिङकाे तुइनखोलामा गएको पहिरो बिहीबार राति साढे ९ बजेतिर लगभग ५३ घण्टा लगाएर सफा गरिएको डिभिजन सडक कार्यालयले जनाएकाे छ ।
भरतपुरको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले मुख्य पहिरो हटाए पनि छेउछाउको माटो ढुंगा सफा भइरहेको र आजै रातिबाट दोहोरो गाडी चलाउने गरि काम भइरहेकाे बताएका छन् ।
आचार्यका अनुसार राति ११ बजेबाट गाडी चलाउने तयारी छ । उक्त स्थानमा मंगलबार दिउँसो पाँच बजेतिर ठूलो पहिरो झरेपछि यो सडक अवरूद्ध थियो । मंगलबार गएको पहिरो बुधबार बिहानदेखि पहिरो सफा गर्न सुरू भएको थियो ।
दसैंका बेला काठमाडौं छाड्नेहरूको चाप रहेका बेला लामो समय बाटो बन्द हुँदा धेरैलाई पीडा भएको थियाे । राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई पूर्व-पश्चिम महेन्द्र राजमार्गसँग जड्ने मुख्य सडक भएका कारण नारयणगढ-मुग्लिन सडकमा दिनमै १० हजारभन्दा बढी गाडी ओहरदोहर गर्छन् ।
Comments
अरु समाचार
-
‘नियमित महाधिवेशन गर्न नेताहरू र बहुमतले नमाने विशेष महाधिवेशन’
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावअघि पार्टीको नियमित महाधिवेशन गर्न नसक्ने निष्कर्ष पार्टीले निकाल्ने हो भने विशेष महाधिवेशनले...
-
नेपाल एयरलाइन्सको अर्को ट्विनअटर मर्मतपछि नियमित सेवामा
काठमाडाैं । नेपाल एयरलाइन्सले ग्राउण्डेड गरेर राखेको 'अल्फा ब्राभो ट्यांगो'को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । दुर्गम...
-
पूर्वमन्त्री दीपक खड्काले बनाएका संरचनामा महानगरको डोजर
काठमाडाैं । काठमाडौंको लैनचौरस्थित स्काउटको जग्गामा पूर्व ऊर्जामन्त्री दीपक खड्काले बनाएका संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । बिहीबार प्रहरीहरु...
-
अमेरिकामा सरकारी कामकाज सञ्चालन गर्ने विधेयकमाथि मतदानको तयारी
वासिङटन डीसी । अमेरिकामा इतिहासकै सबैभन्दा लामो ४२ दिनको सरकारी कामकाज बन्द अन्त्य गर्न संसदले विधेयकमाथि मतदान गर्न तयारी गरेको...
-
एसियन डिजास्टर प्रिपेयर्डनेस सेन्टर के हो ? नेतृत्व नेपालले सम्हाल्यो
काठमाडौं । एसियन डिजास्टर प्रिपेयर्डनेस सेन्टरको नेतृत्व आजदेखि नेपालले गरेको छ । थाइल्याण्डको बैंककमा आज सम्पन्न एडिपिसिको बोर्ड अफ ट्रष्टिजको...
-
भीम रावल नेतृत्वको अभियान र नेकपाबीच ७ बुँदे सहमति
काठमाडौँ । भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपाल र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच ७ बुँदे सहमति भएको छ...
-
‘फागुन २१ गते निर्वाचनमा सहभागी नभए व्यवस्था नरहने खतरा’
काठमाडौं। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा निर्वाचनमा नगए व्यवस्था नरहने खतरा औंल्याएका छन्।...
-
तत्काल चुनाव जित्नको लागि मात्रै आफूहरूको एकता होइनः प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलले तत्काल चुनाव जित्नको लागि मात्रै आफूहरूले एकता नगरेको प्रष्ट पारेका छन्।...
-
यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती
काठमाडौं । बागमती प्रदेशमा भौतिक पूर्वाधारहरू सडकमार्ग, स्वास्थ्य सेवा र सहज खानेपानी, ढल तथा फोहोर व्यवस्थापन, पूर्वाधारयुक्त व्यवस्थित बस्ती विकास...












