ताजा समाचार

पूर्व पदाधिकारीलाई कानुनविपरीत दिइएको सुविधा कटौती !

काठमाडौं । अर्थ मन्त्रालयले कानुनविपरीत पूर्व राजनीतिक तथा प्रशासनिक पदाधिकारीले उपभोग गर्दै आएका सुविधा कटौती गर्न निर्देशन दिएको छ ।

अनुत्पादक खर्च कम गर्ने र मितव्ययिता कायम गर्ने उद्देश्यले नेपाल सरकार (मन्त्रिपरिषद्) ले असोज ५ मा गरेको निर्णयअनुसार अबदेखि सेवा निवृत्त पूर्व पदाधिकारीलाई कानुनमा तोकिएका र स्वीकृत मापदण्डअनुसारका सुविधा मात्र उपलब्ध गराइने मन्त्रालयले स्पष्ट गरेको छ ।

कानुनबाहेक उपलब्ध गराइएका सवारीसाधन, जिन्सी सामान, सहयोगी तथा सुरक्षाकर्मी फिर्ता गर्न र अन्य अतिरिक्त सुविधा स्थगन गर्न अर्थ मन्त्रालयले शुक्रबार गृह मन्त्रालय र रक्षा मन्त्रालयलाई पत्र पठाई तत्काल कार्यान्वयन गर्न आग्रह गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org