ताजा समाचार

काठमाडौंको भीमसेन स्थानमा भीषण आगलागी

काठमाडौं । काठमाडौंको काष्ठमण्डप नजिकैका घरहरुमा आगलागी भएको छ । आज बिहानपख ३ बजेदेखि आगलागी सुरु भएको स्थानीयले बताएका छन् । उनीहरुका अनुसार तीनवटा घर र मन्दिर आगोको चपेटामा परेका छन् ।

दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । तर आगो नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणका लागि काठमाडौं महानगर र ललितपुर महानगरका दमकल प्रयोग गरिरएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरी लगायतले आगो निभाइरहेका छन् । आगलागी कपडा गोदमाबाट सुरू भएको स्थानीयले बताएका छन् । तर आगलागीको कारण अहिलेसम्म एकिन हुन सकेको छैन ।

प्रहरीका अनुसार, घटनामा मानवीय क्षति भएको जानकारी आएको छैन र के कति घरमा कति नोक्सान भयो भन्ने विवरण पनि प्राप्त भएको छ । आगलागीको क्षेउमा मन्दिर पनि रहेको छ । अहिले सबैको ध्यान आगो नियन्त्रणमै केन्द्रित रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org