ताजा समाचार

वेष्ट इन्डिजविरुद्धको दोस्रो खेलः आदिल प्लेइङ ११ मा, सन्दीप अटाएनन्

काठमाडौं । वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक सिरिज (युनिटी कप) अन्तर्गत दोस्रो खेलमा आदिल आलम प्लेइङ–११ मा अटाएका छन् । नेपालका मुख्य प्रशिक्षक स्टुआर्ट लले आदिललाई समेट्दै प्लेइङ–११ सार्वजनिक गरेका हुन् ।

आदिलले नन्दन यादवलाई रिप्लेस गर्दै टोलीमा परेका हुन् । नन्दन घाइते हुँदा पहिलो खेलमा एक ओभर मात्र बलिङ गरेका थिए । टोलीमा अरु परिवर्तन गरिएको छैन । नेपालका प्रमुख स्पीनर सन्दीप लामिछाने यो खेलमा पनि प्लेइङ–११ मा अटाएका छैनन् । उनी पहिलो खेलमा पनि प्लेइङ११ मा थिएनन् ।

प्लेइङ ११
रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आसिफ सेख, करण केसी, आदिल आलम, ललित नारायण राजवंशी, गुलशन झा र सोमपाल कामी ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org