ताजा समाचार

आज बडा दशैंको टीका:उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा

काठमाडौं । आज यस वर्षको बडा दशैंको टीकाको दिन। विजया दशमीको दिन मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसाद टीका र जमरा लगाउने उत्तम साइत भोलि बिहान ११ः५३ बजे रहेको छ ।

घटनास्थापनाको दिनदेखि पूजा आराधना गरिएकी नवदुर्गा अर्थात देवी बिसर्जन गरेपछि टीका शुरु हुन्छ । दुर्गा भवानीको प्रसाद टीका र जमरा लगाउन साइत कुर्नु नपर्ने भएकोलै भोलिदेखि कोजाग्रत पू्णिमासम्म नै लगाउन सकिने तर साइतमै लगाउन खोज्नेका लागि भने विहान ११ः५३ बजेको साइत उत्तम रहेको पञ्चाङ्ग निर्णायक विकास समितिको भनाइ छ ।

यसैगरी भोलि बिहान ९ः२३ बजे देवी विसर्जनको साइत रहेको छ । घटस्थापनाको दिनमा दशैं घर वा पूजाकोठामा विधिपूर्वक नवदुर्गा स्थापना गरी जमरा राखेर महानवमीसम्म दुर्गा पूजा गरेर विजया दशमीको दिनमा देवीको प्रसाद स्वरुप मान्यजनको हातबाट त्यही जमरा र टीका थाप्ने र आशिर्वाद लिने प्रचलन छ ।

देवी दुर्गा भवानीले राक्षसको बध गरेपछि असत्यमाथि सत्यको जीत भएको संझनामा दशैंमा रातो टीका र जमरा लगाउने परम्परा रहेको छ । यद्पि केही समुदायमा भने शान्तिको प्रतिक मानेर सेतो रङको टीका लगाउने चलन पनि छ । बडा दशैंको टीका कोजाग्रत पूर्णिमाको दिनसम्मै लगाउने गरिन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org