ताजा समाचार

हेलिकप्टर तयारी अवस्थामा राख्न गृह मन्त्रालयको अनुरोध

काठमाडौं । गृह मन्त्रालयले लगातारको भारी वर्षातसँगै सम्भावित विपद् र प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा राख्न वायु सञ्चालक संघलाई अनुरोध गरेको छ ।

एक पत्र पठाउँदै गृहले सम्भावित बाढी, पहिरो तथा डुबानबाट प्रभावितहरूको खोज तथा उद्धार, राहत, स्थानान्तरण र पुनस्थापनाका लागि लिखित तथा मौखिक अनुरोधमा परिचालन हुने गरी निजी हेलिकप्टरलाई तत्काल प्रयोग गर्न स्ट्याण्डबाई राखिदिन अनुरोध गरेको हो ।

आवश्यक समन्वय र सहजीकरणका लागि नागरिक उड्डयन प्राधिकरणलाई आग्रह गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org