ताजा समाचार

पहिरोमा घाइते भएकालाई लिन इलाम पुग्यो सेनाकाे हेलिकप्टर !

काठमाडौं। इलाममा पहिरोबाट घाइते भएकाहरूलाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।

इलाममा बाढीपहिरोमा परी घाइते भएकाहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय क्षति बढी भएको छ ।

स्थानीयबासी मिलन लिम्बुका अनुसार घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत माङसेबुङ–१ गजुरमुखीबाट गम्भीर घाइते गर्भवती महिलासहित ४ जनाको उद्धार गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org