ताजा समाचार

इलाममा पहिरोमा अहिलेसम्म २८ जनाकाे मृ*त्यु!

काठमाडौं । अविरल वर्षाका कारण गएको पहिरोमा परी इलाममा हालसम्म २८ जनाको मृत्यु भएको छ ।

सशस्त्र प्रहरीलले संकलन गरेको तथ्यांक अनुसार सूर्योदय-१ मा ५, इलाम नगरपालिका-१ मा ६ जनाको मृत्यु भएको छ ।

देउमाइमा २, फाकफोकथुपमा १, मान्सेबुङमा ३ माइजोगमाइमा ८ र सन्दकपुरमा ३ जनाको मृत्यु भएको छ ।

पहिरोका कारण घर पुरिएपछि यतिधेरै संख्यामा मानवीय क्षति भएको हो । पहिरो प्रभावित क्षेत्रमा सुरक्षा निकायहरुले उद्दार कार्य गरिरहेका छन् । घाइतेहरुलाई हेलिकप्टरबाट उपचारका लागि लैजान थालिएको हो ।

हालसम्म प्राप्त विवरणअनुसार  सूर्योदय नगरपालिका-१ बस्ने  करिब ६०-६५ बर्षकी मनमाया क्षेत्री, ११ बर्षकी रश्मीका क्षेत्री  छन् । त्यस्तै वतन नखुलेको अन्दाजी ४०-४५ वर्षकी महिला र बतन नखुलेको अन्दाजी १५-१६ बर्षकी वालिका छन् ।

इलाम नगरपालिका ६ बस्ने २३ वर्षिय समिर देउसाली, २३ वर्षीय प्रविन पाख्रिन र २३ बर्षीय विराज पाख्रिन छन् । त्यस्तै ३२ बर्षिया अनु तामाङ ३२ बर्षिया प्रनिशिका मगर र ४ बर्षिय आरुष दनुवारको पनि मृत्यु भएको छ  ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org