बाढीपहिरोमा परेर दार्जिलिङमा १८ नेपालीभाषीसहित २३ को मृत्यु
काठमाडौं । भारतको दार्जिलिङ र आसपासका क्षेत्रमा निरन्तर वर्षापछि आएको भीषण पहिरोले ठूलो जनधनको क्षति पुगेको छ । विभिन्न इलाकाका प्रहरी चौकीबाट प्राप्त विवरणअनुसार हालसम्म कुल १८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
दार्जिलिङ प्रशासनले भने इलामतर्फको मानेभञ्ज्याङमा मृत्यु भएका पाँच जना समेतलाई आफ्नो तथ्यांकमा राखेर मृत्यु हुनेको संख्या २३ बताएको छ । भारतीय जनता पार्टीको तर्फबाट दार्जिलिङबाट लोक सभामा निर्वाचित लोक सभा सदस्य राजु विष्टले समेत आज बिहान मिडियासँग बोल्दै बाढी पहिरोका कारण १८ जना भारतीय र ५ जना नेपालीको निधन भएको बताएका छन् । मृत्यु भएका सबै नेपालीभाषी हुन् ।
मृत्यु हुनेमा दार्जिलिङ सदर प्रहरी चौकी अन्तर्गत सूम क्षेत्रकी ३५ वर्षीया रिझा राईको मृत्यु भएको छ । जोरबुङ्लो प्रहरी चौकी क्षेत्रबाट चार जनाको मृत्यु पुष्टि भएको छ । तीमध्ये तामसाङका २१ वर्षीय वाङछुक तामाङ, सालु डिभिजन मारायबोङकी ३५ वर्षीया लैला राई, पुस्सिम्बिङ टी गार्डेनकी ६५ वर्षीया सीमा शिवा, र रिङ्टोंग टी गार्डेन फूलबारीकी ६५ वर्षीया पुरुस्ता सुब्बा रहेका छन् । सुकियापोखरी प्रहरी चौकी क्षेत्रमा सियोक टी गार्डेनका ६७ वर्षीय मानबहादुर प्रधान र ६५ वर्षीया विमला प्रधानको मृत्यु भएको छ ।
मिरिक प्रहरी चौकी क्षेत्रमा सबैभन्दा बढी मानवीय क्षति भएको छ । मिरिकको विभिन्न स्थानमा गरी ११ जनाको मृत्यु पुष्टि भएको छ । मृतकमध्ये वडा नम्बर ९ का ९ वर्षीय आहान क्षेत्री, १२ वर्षीया रुही भूटिया, जसबिर गाउँका ५० वर्षीय पुछुङ डुक्पा र ४६ वर्षीया सुम्नित लेप्चा रहेका छन् ।
सालबारीका १९ वर्षीया स्नेहा प्रधान, ४२ वर्षीय अनुज प्रधान सम्भू र ४१ वर्षीया अनिता प्रधानको धर्मगाउँ मेचीमा मृत्यु भएको हो । त्यस्तै, भक्तिनगर बरफाप्री की १२ वर्षीया आरुशी क्षेत्रीको पनि धर्मगाउँ मेचीमै मृत्यु भएको छ । मिरिक थाना लाइनका ७० वर्षीय बिजेन्द्र राई, ७२ वर्षीया उषा राई र ३५ वर्षीया साधना तामाङ लामाको पनि मृत्यु पुष्टि भएको छ । यसरी भारततर्फ १८ जना र नेपालतर्फ ५ जना गरी हालसम्म कुल २३ जनाको मृत्यु भएको दार्जिलिङ प्रशासनले जनाएको छ ।
यसैबीच पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले घटनास्थलको आज साँझ भ्रमण गर्दैछिन् । उनी आउने भएपछि सिलिगुडीबाट मिरिक आउने बाटोलाई स्थानीय प्रशासनले वान वे बनाएको छ । भारतका प्रधानमन्त्री, राष्ट्रपति र गृहमन्त्रीले मृत्युमाथि गहिरो शोक व्यक्त गरेर शन्देश जारी गरेका छन् ।
Comments
अरु समाचार
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...
-
‘नेपालको व्यापार, पर्यटन र लगानी सम्भावनाबारे ल्हासामा प्रवर्द्धनात्मक कार्यक्रम’
ल्हासा। नेपाली महावाणिज्यदूतावास, ल्हासाको आयोजनामा नेपालको व्यापार, पर्यटन तथा लगानीका सम्भावनाबारे जानकारी गराउने उद्देश्यले ल्हासास्थित सांग्रिला होटलमा विशेष कार्यक्रम सम्पन्न...
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...











