बाढीपहिरोमा परेर दार्जिलिङमा १८ नेपालीभाषीसहित २३ को मृत्यु
काठमाडौं । भारतको दार्जिलिङ र आसपासका क्षेत्रमा निरन्तर वर्षापछि आएको भीषण पहिरोले ठूलो जनधनको क्षति पुगेको छ । विभिन्न इलाकाका प्रहरी चौकीबाट प्राप्त विवरणअनुसार हालसम्म कुल १८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
दार्जिलिङ प्रशासनले भने इलामतर्फको मानेभञ्ज्याङमा मृत्यु भएका पाँच जना समेतलाई आफ्नो तथ्यांकमा राखेर मृत्यु हुनेको संख्या २३ बताएको छ । भारतीय जनता पार्टीको तर्फबाट दार्जिलिङबाट लोक सभामा निर्वाचित लोक सभा सदस्य राजु विष्टले समेत आज बिहान मिडियासँग बोल्दै बाढी पहिरोका कारण १८ जना भारतीय र ५ जना नेपालीको निधन भएको बताएका छन् । मृत्यु भएका सबै नेपालीभाषी हुन् ।
मृत्यु हुनेमा दार्जिलिङ सदर प्रहरी चौकी अन्तर्गत सूम क्षेत्रकी ३५ वर्षीया रिझा राईको मृत्यु भएको छ । जोरबुङ्लो प्रहरी चौकी क्षेत्रबाट चार जनाको मृत्यु पुष्टि भएको छ । तीमध्ये तामसाङका २१ वर्षीय वाङछुक तामाङ, सालु डिभिजन मारायबोङकी ३५ वर्षीया लैला राई, पुस्सिम्बिङ टी गार्डेनकी ६५ वर्षीया सीमा शिवा, र रिङ्टोंग टी गार्डेन फूलबारीकी ६५ वर्षीया पुरुस्ता सुब्बा रहेका छन् । सुकियापोखरी प्रहरी चौकी क्षेत्रमा सियोक टी गार्डेनका ६७ वर्षीय मानबहादुर प्रधान र ६५ वर्षीया विमला प्रधानको मृत्यु भएको छ ।
मिरिक प्रहरी चौकी क्षेत्रमा सबैभन्दा बढी मानवीय क्षति भएको छ । मिरिकको विभिन्न स्थानमा गरी ११ जनाको मृत्यु पुष्टि भएको छ । मृतकमध्ये वडा नम्बर ९ का ९ वर्षीय आहान क्षेत्री, १२ वर्षीया रुही भूटिया, जसबिर गाउँका ५० वर्षीय पुछुङ डुक्पा र ४६ वर्षीया सुम्नित लेप्चा रहेका छन् ।
सालबारीका १९ वर्षीया स्नेहा प्रधान, ४२ वर्षीय अनुज प्रधान सम्भू र ४१ वर्षीया अनिता प्रधानको धर्मगाउँ मेचीमा मृत्यु भएको हो । त्यस्तै, भक्तिनगर बरफाप्री की १२ वर्षीया आरुशी क्षेत्रीको पनि धर्मगाउँ मेचीमै मृत्यु भएको छ । मिरिक थाना लाइनका ७० वर्षीय बिजेन्द्र राई, ७२ वर्षीया उषा राई र ३५ वर्षीया साधना तामाङ लामाको पनि मृत्यु पुष्टि भएको छ । यसरी भारततर्फ १८ जना र नेपालतर्फ ५ जना गरी हालसम्म कुल २३ जनाको मृत्यु भएको दार्जिलिङ प्रशासनले जनाएको छ ।
यसैबीच पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले घटनास्थलको आज साँझ भ्रमण गर्दैछिन् । उनी आउने भएपछि सिलिगुडीबाट मिरिक आउने बाटोलाई स्थानीय प्रशासनले वान वे बनाएको छ । भारतका प्रधानमन्त्री, राष्ट्रपति र गृहमन्त्रीले मृत्युमाथि गहिरो शोक व्यक्त गरेर शन्देश जारी गरेका छन् ।
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











