विशेष अपरेसन सञ्चालनको तयारीमा नेपाल प्रहरी
काठमाडाैं । युवा (जेएनजी)ले गत भदौ २३–२४ गते गरेको आन्दोलन हिंसात्मक भएसँगै देशभरका कारागारबाट फरार भएका कैदीमध्ये पाँच हजार ८१४ जना कैदी अझै फर्किएका छैनन् । आन्दोलनका क्रममा प्रदर्शनकारीले प्रहरीबाट लुटेका करिब आठ सय हतियार पनि अझैसम्म बरामद हुन सकेको छैन ।
आन्दोलनको मौका छोपेर फरार भएका १४ हजार ५४९ जना कैदीमध्ये पछिल्लो २८ दिनमा आठ हजार ७३५ जना कैदी भने कारागार फर्किसकेका छन् । त्यस्तै प्रहरीबाट लुटिएका करिब एक हजार २५० हतियारमध्ये २७४ वटा हतियार बरामद गरिएको र ९६ वटा हतियार जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
आन्दोलनका क्रममा फरार कैदीलाई स्वस्फूर्त रूपमा फर्किन सरकारले सोमबारसम्मका लागि समय दिएको थियो । प्रहरी कार्यालय तोडफोड र आगजनी गर्ने क्रममा लुटिएका करिब आठ सय हतियार नियन्त्रण तथा फरार झन्डै छ हजार कैदीका कारण शान्ति सुरक्षामा नै असर पर्ने देखिएपछि नियन्त्रणका लागि ‘विशेष अपरेसन सञ्चालन’ गर्ने तयारी गरिएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले फरार कैदी र लुटिएका हतियारका कारण शान्तिसुरक्षामा पर्ने असरलाई ध्यानमा राखी आवश्यक कारबाही सञ्चालन गरिने बताउनुभयो । घिमिरेले भन्नुभयो, “फरारमध्ये अधिकांश कैदी फिर्ता भइसकेका छन् । केही हतियार पनि बरामद भइसकेका छन् । बाँकी कैदी र हतियार नियन्त्रणका लागि हामी आवश्यक कारबाही गर्छौं ।”
कतिपय फरार कैदीले गृह प्रशासन र न्यायपालिकाका उच्च पदस्थ अधिकारीलाई धम्की दिन थालेको समेत पाइएको छ । कारागार फर्किन बाँकी कतिपय फरार कैदी हत्या, अपराध, लागुऔषध जस्ता जघन्य अपराधमा संलग्न रहेको सुरक्षा स्रोतको दाबी छ ।
कारागार व्यवस्था विभागका महानिर्देशक लीला शर्माका अनुसार सोमबारसम्म आठ हजार ७३५ जना कैदी कारागार फर्किएका छन् । देशभरका ७४ वटा कारागारमा ३० हजार ६१८ जना कैदी रहेकामा १५ हजार ५४५ जना कैदी भने कारागारमै रहेका थिए । महानिर्देशक शर्माले फरार सबै कैदीबन्दीलाई जतिसक्दो छिटो कारागार फर्किन समयसीमा तोकिएको र नफर्किएको खण्डमा कानुन अनुसार नियन्त्रणमै लिइने बताउनुभयो ।
शर्माले भन्नुभयो, “फरार कैदी जतिसक्दो छिटो आफैँ फर्किउन भन्ने अपेक्षा छ, नभए कानुन अनुसार नै नियन्त्रणमा लिन्छौँ ।” शर्माका अनुसार फरार कैदीलाई नियन्त्रणमा लिन सबै सुरक्षा निकाय तथा जिल्ला प्रशासन कार्यालय र अन्य सरोकारवाला निकायलाई पनि पत्राचार भइसकेको समेत जानकारी दिनुभयो । आन्दोलनका क्रममा सुरक्षाका कारण देखाउँदै भदौ २४ गते रास्वपा सभापति रवि लामिछाने कारागारबाट निस्केको खबर बाहिरिएपछि देशभरका अधिकांश कारागार तोडिएका थिए । कारागारबाट बाहिर निस्केलगत्तै कैदीले प्रहरी कार्यालय र सर्वोच्च अदालतलगायत सार्वजनिक, निजी तथा व्यापारिक संस्थामाथि आगजनी र तोडफोडसँगै लुटपाट मच्चाएको सुरक्षा निकायको दाबी छ ।
नक्खु कारागार तोडफोड गरी फरार काभ्रेपलाञ्चोक पनौती–१२, गागलका सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीय मनीषा घ्यावा तामाङको हत्या गरेका छन् । गम्भीर प्रकृतिका अपराधमा संलग्न केही फरार कैदीले बाहिर निस्केर पुनः हत्या अपराधमा संलग्न भएका कारण समग्र शान्तिसुरक्षा माथि नै चासो र चिन्ता व्यक्त हुन थालेको छ ।
अधिकांश भारतीय कैदी फरार
देशभरका कारागार तोडेर फरार रहेका अधिकांश विदेशी कैदीमध्ये भारतीय कैदी सीमा कटेको अनुमान गरिएको छ । फरार हुने भारतीय कैदीमा हत्या, अपहरण, बलात्कार, चोरी तस्करी, लागुऔषध तथा मानव तस्करीमा संलग्न रहेको पाइएको छ ।
विभिन्न कारागारमा रहेका एक हजार सात सय विदेशी कैदीमध्ये एक हजार ४७३ भन्दा बढी कैदी भारतीय थिए । केही भारतीय कैदी भने आफैँ कारागार फर्किएका छन् । त्यसै गरी चार वटा बाल सुधारगृहबाट भागेका एक हजार ४२२ जना बालबिज्याइँकर्तामध्ये अधिकांश फर्किएका छैनन् ।
गाेरखापत्रबाट साभार गरिएकाे
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












