ताजा समाचार

मलेसिया सिरिजः चाैथाे खेल नेपालले जित्दा, उपाधी भिडन्त बुधबार हुँदै !

काठमाडौं । अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको चौथो खेलमा मलेसियामाथि नेपाल ६ विकेटले विजयी भएको छ ।

टस हारेर फिल्डिङको निम्तो पाएको नेपाललाई मलेसियाले निर्धारित २० ओभरमा ११२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य नेपालले  १७ ओभर तीन बलमा ४ विकेट गुमाएर पुरा गरेसँगै मलेसियामाथि जित निकाल्न सफल भएको हो । यो जितसँगै नेपालले मलेसियासँगको पाँच खेलको सिरिजमा २–२ को बराबरी गरेको छ ।

नेपालका लागि कप्तान इन्दु बर्माले नटआउट ४८ रन बनाइन्। ३९ बलको सामना गरेकी बर्मा अर्धशतक बनाउन दुई रनले चुकेकी हुन्। कप्तान बर्मासँग उत्कृष्ट साझेदारी गरेकी रुबिना क्षेत्रीले २३ बलको सामना गर्दै २३ रन थपिन। कप्तान बर्मा र क्षेत्री नटआउट रहे।

पहिलो खेलमा तीन रनले पराजित भएको नेपाली महिला टिम दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो भने तेस्रो खेलमा १३ रनको पराजय भोगेको थियो।

पाँच खेलको सिरिजमा नेपालले दुई खेल गुमाइसकेकाले यो खेल जित्नै पर्ने तबाबमा थियो । सिरिज २–२ ले बराबरीको अवस्थामा पुगेकाले उपाधीका लागि आगामी बुधबार फाइनल खेलको भिडन्त हुने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org