विश्वकप छनाेटः ‘सुपर सिक्स’मा नेपालकाे भिडन्त कुन-कुन टाेली सँग हुँदैछ ?
काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्स समीकरण पूरा भएको छ ।
ओमानमा जारी छनाेट प्रतियाेगितामा शुक्रबार राति समूह चरणको अन्तिम खेलमा ओमानले पीएनजीलाई हराएसँगै सुपर सिक्समा पुग्ने सबै टोलीको टुंगो लागेको हो । समूह चरणबाट आयोजक ओमान,नेपाल र यूएई अपराजित रहँदै अघि बढेका छन् भने सामोआ, जापान र कतार एक जितका साथ सुपर सिक्समा पुगेका हुन्।
समूह १ मा शीर्षस्थानमा रहेको यूएई २ अंकका साथ सुपर सिक्समा प्रवेश गर्दा नेपाल समूह २ को विजेताका रूपमा २ अंक लिएर सुपर सिक्समा पुगेको छ । समूह ३ बाट ओमान विजेताका रूपमा ३ अंक लिएर अघि बढेको छ । समूह चरणमा खेलिसकेका टोलीहरू अब एकआपसमा खेल्नु पर्ने छैन । समूह चरणमा आफुले पराजित गरेको टोली पनि अगाडि बढे उक्त जितको २ अंक सुपर सिक्समा जोडिने प्रावधान छ ।
हाल सुपर सिक्सको अंकतालिकामा ओमान, नेपाल र यूएईको १ खेलमा २ अंक भइसकेको छ । नेट रनरेटका आधारमा ओमान पहिलो, नेपाल दोस्रो र यूएई तेस्रो स्थानमा छन् । कतार चौथो, जापान पाँचौं र सामोआ छैटौंमा छन् ।
यस्तो छ नेपालको खेलतालिका
नेपालले सुपर सिक्सको पहिलो खेलमै चिरपरिचित प्रतिद्वन्द्वी यूएईसँग खेल्ने पक्का भइसकेको छ । नेपाल र यूएईबीचको खेल आइतबार अपराह्न सवा ४ बजे सुरु हुनेछ ।
त्यस्तै नेपालले सोमबार कतार, बुधबार सामोआ र बिहीबार ओमानसँग खेल्नेछ । नेपालले ४ मध्ये ३ खेल जितेमा शीर्ष ३ मा पर्दै विश्वकपमा छनोट हुनेछ । २ जित मात्र निकालेमा रनरेटले छिनोफानो हुन सक्छ ।
नेपालले आइतबार यूएईलाई पराजित गर्न सकेमा बलियो सुरुवात हुनेछ । यूएई र नेपाल दुवै पछिल्लो समय राम्रो लयमा छन् र टेस्ट राष्ट्रलाई हराइसकेका छन् । त्यसकारण दुई टोलीबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गर्न सकिन्छ ।
नेपाल / यूएई – २६ असोज (४ः१५ बजे)
नेपाल / कतार – २७ असोज (८ः४५ बजे)
नेपाल / सामोआ – २९ असोज (८ः४५ बजे)
नेपाल / ओमान – ३१ असोज (४ः१५ बजे)
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












